धनकुटामा सञ्चालित प्रथम भेट्रान्स फुटवल प्रतियोगिताको उपाधि त्रिबेणी टोल बस्ति चुलिवनलाई
धनकुटा । धनकुटामा सञ्चालित प्रथम भेट्रान्स फुटवल प्रतियोगिताको जित त्रिबेणी टोल बस्ति चुलिवन धनकुटाले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत आज धनकुटा फुटवल क्लव सँग फाईनलमा भिडेको उस्ले १ को विरुद्व ३ गोल लगाउदै जित हात पारेको हो । जित सँगै त्रिबेणीले नगद ४० हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र, एउटा भाले र एउटा बल पुरस्कार पाएको छ ।
त्यसैगरि दोस्रो स्थानमा चित्त बुझाएको धनकुटा फुटबल क्लवले नगद २० हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र, एउटा भाले र एउटा बलमा चित्त बुझाएको प्रतियोगिता आयोजक क्लवका सल्लाहकार शम्भु प्रधानले जानकारी दिनुभयो ।
त्रिबेणीको जितका लागि भुपेन शाक्य,अमृत राई र अमित राईले १-१ गोलको योगदान गरे । धनकुटा फुटवल क्लवका लागि विशाल चेम्जाेङले एक गोल लगाएका थिए ।
धनकुटा फुटवल क्लवको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिबेणीका ओजोश लिम्बु र म्यान अप दि म्याच त्रिबेणी कै भुपेन शाक्य घोषित भए । उनिहरुलाई क्रमश: एउटा भाले र नगद १ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेपालीहरुको महान चाड दशैको अवसरमा आयोजित प्रतियोागितामा जिल्ला भरिका १२ टिमले सहभागिता जनाएका थिए ।


