बडादसैँलाई भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरका रुपमा मनाउन प्रधानमन्त्रीको अनुरोध

काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने हिसाबले मनाउन अनुरोध गरेका छन् ।

‘बडादसैँलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरमा रुपमा मनाउन सम्पूर्ण नेपालीमा अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘सबैको मुहारमा खुसी ल्याउन सकोस् ।’

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक एकताले भरपूर्ण नेपालमा दसैं लगायतका चाडपर्वले भावनात्मक एकतामा योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका छन् ।

‘यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै सम्बन्ध सुमधुर बनाउने हामी सबैको कर्तव्य हो,’ उनले भनेका छन् ।

दसैं, तिहार, छठ, नेपाल संवतलगायतका पर्वका आ-आफ्नै मूल्यमान्यता र विशेषता रहेको भन्दै प्रधानमन्त्री देउवाले सबै भाषा र जाति तथा संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु आफूहरुको दायित्व भएकोमा जोड दिएका छन् ।

कोरोना संक्रमण कायमै रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मनाउन उनको अनुरोध छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।