धनकुटामा ७ सहित १ नम्बर प्रदेशमा बाढी पहिरोबाट ६२ जनाको मृ त्यु, २० जना घा ईते र १३ जना बे पता
विराटनगर, कार्तिक ५ । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृ त्यु, २० जना घा ईते र १३ जना बे पता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृ’त्यु भएको छ भने १० जना घा’ईते र ६ जना बे’पत्ता भएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृ’त्यु , १० जना घा’ईते र ६ जना बे’पत्ता भएका हुन् ।
यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृ’त्यु भएको छ भने ५ जना घा’ईते तथा १ जना बे’पत्ता भएका छन् ।
यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृ’त्यु भएको छ भने ५ जना घा’ईते भएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृ’त्यु भएको छ भने३ जना बे’पत्ता भएका छन् ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१२ मा १ जनाको मृ’त्यु भएको छ । भोजपुरको राम प्रसास राई गाउँपालिका-६ मा खोलाले बगाएर १ जनाको मृ’त्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाऊपालिकामा बाढीका कारण १/१ जनाको मृ’त्यु भएको छ ।
बेमौसमी झरीका कारण सयौ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरु बिस्थापित भएका छन् । डुवान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई बिस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भईरहेको छ ।
हाल सम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ती उद्धार कार्यमा परिचालन भईरहेका छन् भने बाकी प्रहरी तयारी अबस्थामा रहेका छन् ।


