विद्यालय बगरमा परिणत हुँदा पठनपाठन प्रभावित

दिलमाया शाही/जुम्ला, ५ कात्तिक । लगातारको वर्षाले तातोपानी गाउँपालिका–४, हाँकुमा अवस्थित नेत्रज्योती माध्यमिक विद्यालय बगरमा परिणत भएको छ । विद्यालयका केही भवन बगाएर लगेको छ भने बन्दै गरेका भवन भत्काएको छ ।

वर्षाका कारण विद्यालय बगर बनेपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक जज्वल्याराज न्यौपानेले बताए । अविरल वर्षासँगै आएको बाढीले पूर्ण रूपमा क्षति पुगेको छ ।

‘लगातारको वर्षाले बिद्यालयको पश्चिमतिरको भवनमा स्टोर गरी राखिएका डेस्क, फर्निचर, भवन निमार्णका लागी ल्याएका औजार, जस्तापाता, राष्टीय झण्डा राख्ने मञ्च, घेरबार र शौचालय गरी करिब एक करोड ६६ लाख ३५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ’, प्रधानाध्यापक न्यौपानेले भने ।

नमुना विद्यालयको रूपमा रहेको नेत्रज्योती मावि हाँकुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन हुदै आएको छ । ६५५ जना विद्यार्थी अध्ययनत रहेका प्रधानाध्यापक न्यौपानेले बताए । उनले विद्यालयको पुनर्निर्माणका लागि सरोकारवालासँग आग्रह गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖