ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र सञ्चार सेवा अवरुद्ध, बैंकिङ सेवाग्राहीदेखि तीर्थयात्रीसम्म प्रभावित

दिलकुमार लिम्बू/ताप्लेजुङ, ५ कात्तिक । ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र मोबाइल सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूर सञ्चार सेवा अवरुद्ध बनेको छ ।

आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी परेकाले अप्टिकल फाइबरमा समस्या आएका कारण दूर सञ्चार सेवा अवरुद्ध बनेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दिपेन खवासले जानकारी दिए ।

उनका अनुसार अविरल वर्षापछि पानी जमेका कारण इटहरी र विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबरमा समस्या आएपछि सेवा अवरुद्ध बनेको हो ।

इन्टरनेट अवरुद्धले बैंकिङमा सेवामा समेत समस्या आएको छ । इन्टरनेट नहुँदा वित्तीय कारोबार गर्नका लागि चेक बोकेर बैंकसम्म पुक्ने बैंकका सेवाग्राहीहरू रित्तो हात फर्कनु परेको ताप्लेजुङको चन्द्र बहादुर पन्दाकले बताए ।

मोबाइल सेवा प्रदायक एनसेल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाईन र वर्डलिंकलगायतका सेवा पनि अबरुद्ध भएपछि बैंकिङ कारोबारमा समस्या आएको हो ।

मोबाइल सेवा अवरुद्ध हँुदा प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजाआजा गर्न आउने तीर्थयात्रीहरू र विश्वको तेस्रो कञ्चनजंघा हिमालमा भ्रमण गर्न आउने पर्यटकहरूले समस्या खेप्नुपरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖