गुमनाम चाङलुङ गुफामा चहलपहल बढ्दै

प्रकाश पाक्साँवा/तेह्रथुम, ८ कात्तिक । तेह्रथुमको पश्चिमी क्षेत्र छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । केही बर्षअघिसम्म गुमनाम यो गुफा बारे स्थानीय सरकारले चासो देखाएपछि आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।

झोर, झाडी तथा जंगलले ढागेको गुफामा केही बर्ष अघिसम्म मानिसहरू जानै डराउँथे । मचिन्द्र देवीको काखमा रहेको गुफा ढुङ्गै ढुङ्गाको चाङमा छ । यो गुफालाई लिम्बु भाषामा चाङलुङ अर्थात ढुङ्गाको खातैखात भन्ने बुझिन्छ । स्थानीय सरकार गठन भएपछि गुफा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरू निर्माण सुरु भएका छन् । यहाँ आउने पर्यटकलाई बस्नलाई सहज होस् भन्ने उदेश्यले गुफाको विभिन्न ठाउँमा बिश्रामस्थलहरू बनाइएका छन् । गुफा क्षेत्रलाई सफा राख्न व्यावस्थित शौचालय निर्माण गरिएको छ । यो गुफा करिब एक सय ५० मिटर लामो छ ।

गुफा नजिकै सिंहले पानी खाँदै गरेको मुर्ति निर्माण गरिएको छ । वनभोज स्थल, सिडी, रेलिङलगायतका काम भएको र गुफालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताए । गुफाको टुप्पोमा निर्माण भइरहेको भ्यु टावरसँगै बाघको मुर्ति पर्यटकहरूको मुख्य आकषर्ण बन्दै आएको छ । गुफामा पुगेपछि सोचेभन्दा छुट्टै प्रत्याभुत गरेको पर्यटक राजकुमार लिम्बूले बताए । ‘गुफाको नाम त सुनेको हो तर यस्तो रमाइलो छ भन्ने लागेको थिएन,’ उनले भने ।

गुफाको प्रचारप्रसार बढेसँगै यस क्षेत्रका आन्तरिक पर्यटकहरू भित्रिन थालेका छन् । चाडपर्व तथा सर्वजानिक बिदाको दिन पर्यटकहरू गुफामा पुग्ने गरेका छन् । कोरोना कहरका कारण गतबर्षदेखि पर्यटकको संख्या कमी आएका थियो । कोरोना संक्रमण दरमा कमी आएपछि यहाँ पर्यटक आउने क्रम बढ्न थालेको स्थानीय कमान सिंह आँखेवाले बताए ।

कसरी पुग्ने गुफामा ?
कोशी राजमार्गको सिधुवाबाट करिब १६ किलोमिटर यात्रा गरेपछि गुफामा पुगिन्छ । गुफामा साना तथा ठुला सवारीसाधनबाट सहजै पुग्न सकिन्छ । सिधुवा शुक्रबारे नौ किलोमिटर सडक पार गरेपछि छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारमा पुग्न सकिन्छ । गुफासम्म पुग्ने राम्रो सडक छ । शुक्रबारेबाट हिउँदको समयमा अटो पाइने भएकाले जुनसुकै समयमा पनि जान सकिन्छ । मोटरसाइकल तथा साना सवारीसाधन पुग्ने भएकोले यात्रामा समस्या छैन ।

धनकुटा सिधुवाबाट बसबाट जाने हो भने एक सय २० रुपैयाँले शुक्रबारे बजार पुगिन्छ । गुफा नजिकै व्यावस्थित होटल नभए पनि शुक्रबारे बजारमा आएर पर्यटक बास बस्नको लागि समस्या छैन । गुफा नजिकै चाङलुङ बजार छ । बजारमा खाना र नास्ता सहजै पाए पनि राम्रा होटेल छैनन् ।

प्रचारप्रसार र संरक्षणका अझै आवश्यक
केहीँ बर्ष अघिदेखि मात्रै प्रचारमा आएको यो गुफा अझै प्रचाप्रसारको आवश्यक रहेको छ । गुफालाई पर्यटकीय रुपमा विकास गर्न विभिन्न स्थानहरूमा होर्डिङ बोर्ड राख्दै प्रचार गर्नु पर्ने देखिन्छ । गुफालाई स्थानीय र प्रदेश सरकारले गर्दै आएको लगानीलाई निरन्तरता दिँदै गुफा क्षेत्रमा होम स्टे निर्माण गर्नु पर्ने देखिन्छ । प्रचारप्रसार र संरक्षणका लागि गुफा संरक्षण समिति र स्थानीय सरकारले चासो देखाउन सके उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा गुफालाई विकास गर्न सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।