थप उपचार पर्खिंदै पाँचथर बस दु’र्घटनाका घा’इतेहरू

पाँचथर, ८ कात्तिक । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दु’र्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला अस्पतालसहित अन्य दुई निजी अस्पतालमा पुर्‍याइएका घाइतेहरूमा रहेको चोट पटकको पूर्ण परीक्षण तथा उपचार हुन सकिरहेको छैन ।

तीनवटै अस्पतालका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचारमा जुटे पनि अधिकांश घा’इतेहरूको अवस्था ग’म्भीर हुनाले उपचार हुन सकिरहेको छैन । अधिकांश घा’इतेहरू रगतपच्छे छन् । जिल्ला अस्पतालमा बेड खाली नभएपछि वैकल्पिक व्यवस्थापन गरेरसमेत स्वास्थ्यकर्मीहरू घा’इतेकाे उपचारमा जुटेका छन् ।

तर, अधिकांश घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानु पर्ने अवस्था देखिएकाे छ । कतिपय घाइते बोल्न नसक्ने अवस्थाका छन् भने केही बालबालिकासमेत छन् । हालसम्म फिदिममा उपचाररत १२ जना घाइतेहरूलाई थप उपचारका लागि तराईका अस्पतालहरूमा रिफर गरिएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार घाइतेहरूलाई बाहिर जिल्लाका अस्पतालमा रिफर गर्न एम्बुलेन्ससमेत अभाव भएको छ । घाइतेहरूको उपचारका लागि हेलिकप्टरको प्रवन्ध गरिएको बताइए पनि हालसम्म हेलिकप्टर आइसकेको छैन । साेमबार बिहान ११ः३० बजे भएको बस दु’र्घटनामा घाइते भएकामध्ये हालसम्म चार जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा थप ६१ जना घाइते छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖