दुर्गमको जहाज टिकटमा कहिलेसम्म भनसुन ?

हेमन्त केसी/जाजरकोट, ९ कात्तिक । पैसा तिरे पनि जहाज चढ्न ‘पावर’ लगाउनु पर्ने सकसबाट डोल्पा आवतजावत गर्ने यात्रु वर्षौदेखि मारमा छन् । ‘पावर’ हुने व्यक्ति सहजै जहाज चढ्न पाउने र नहुने हप्तौसम्म विमानस्थल धाएर फर्किनु पर्दा सर्वसाधारणका लागि डोल्पामा हवाइ उडान आकाशको फल जस्तो भएको छ । डोल्पासँग जोडिएको सडक मार्गमा दर्जनौं ठाउँमा पुल, पुलेसा नहुँदा यात्रा निकै झन्झटिलो हुन्छ । यही कारण सामान्य व्यक्तिले पनि हवाइ मार्ग रोज्ने गर्छन । तर टिकट पाउन ठूलै ‘पावर’ चाहिने हुँदा पीडा मात्रै हुने त्रिपुरासुन्दरी नगरपालिकाका विशाल उपाध्यायले बताए । जहाज चढ्न ठिक्क भएको बेला पावरवाला व्यक्ति आए सर्बसाधारणलाई टिकट थमाएर ती व्यक्तिलाई जहाजमा चढाउने गरेको उपाध्यायले बताए ।

टिकट वितरणमा कुनै ‘सिस्टम’ नभएकोले यस्तो समस्या आएको सर्बसाधारण बताउँछन् । से–फोक्सुण्डो घुम्न आउनेले जहाजका पुरै टिकट लिने गरेकोले पनि समस्या भएको समिट एयरले जनाएको छ । सबैभन्दा बढी डोल्पामा समिटले नै उडान भर्दै आएको छ । व्यवस्थित रुपमा टिकट बिक्री नहुँदा बिरामी तथा अशक्तरू बढी प्रभावित हुने गरेको जुफाल विमानस्थलमा कार्यरत एक सुरक्षाकर्मीले बताए । सिधैं सांसद, पालिकाका अध्यक्ष, मेयरका फोन आउँने गरेको एजेन्सी सन्चालकहरू बताउँछन् । उनीहरू भन्छन्, ‘ के गर्नु हाम्रो पनि व्यवसाय हो ? भनेको मान्नै पर्यो ।’

‘सुरक्षा जाच समेत हुँदैन’

नेपालगन्ज र जुफाल दुबै स्थानबाट टिकट बिक्रीमा बदमासी हुने गरेको सरोकारवाला बताउँछन् । ‘चेकिङ’ विनै यात्रुहरू हुलेर यात्रा गराइने उनीहरूको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिका पहाडाका रणबहादुर पहाडीले पाँच दिन कुर्दासम्म पनि टिकट नपाएको बताए । उनले भने, ‘मसँगै आएको एक साथी मन्त्रीको मान्छे हुनु हुँदोरहेछ, जुफालबाट नेपालगन्ज उडिहाले । मेरो त कोही पनि थिएन, म स्थलमार्गबाट नेपालगन्ज गए ।’ ‘आमाको उपचारका लागि जानु पर्ने भएर मैले लाखपटक आग्रह गर्दा पनि जहाजका मान्छेले सुनेनन्,’ उनले थपे । डोल्पादेखि जाजरकोट जाने सडक समेत धेरै स्थानमा भत्केका कारण धेरै दुःख पाउनु परेको पहाडी बताए ।

पहुँच हुनेले उधाँरोमा समेत जहाजबाट उड्ने गरेको डोल्पोबुद्ध गाउँपालिकाका छ्याङ्सी भोटले बताए । उपल्लो डोल्पा त झन केही कुराको पनि पहुँच छैन उनले भने,‘सडक छैन, बत्ती छैन र भनेको बेला फोन गर्न पाइदैन । लाखौ खर्च गरेर हेलिकोप्टर उडाएपछि मात्र ज्यान बच्छ ।’ प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले टिकट बिक्री अव्यवस्थित रहको स्वीकार गरे । सबैलाई बोलाएर बैठक राखि व्यवस्थित गराउन लागिरहेको उनको भनाइ छ । उनले भने, ‘जहाज मात्र होइन, गाडीमा समेत समस्या रहेछ, सबैलाई बोलाएर छलफल गर्छु, जनतालाई दुःख नदिने तरिकाले काम गर्दै छौं ।’

सडक मार्ग व्यवस्थित गर्नुपर्ने

११८ किलोमिटर जाजरकोट–डोल्पा सडक खण्डको धेरै स्थानमा पुल निर्माण हुन बाँकी छ ।

जाजरकोट खण्डका अधिकांश पुल निर्माण भए पनि डोल्पामा निर्माण जारी रहेको छ । यस वर्ष ५२ करोड रुपैयाँ डोल्पासम्म सडक निर्माणका लागि बिनियोजन भएको छ । जाजरकोटको पासागाडदेखि रिम्नासम्म कालोपत्रे सुरु गर्ने भनिए पनि दुई वर्षदेखि कटिङ मात्र भएको छ । यो आर्थिक वर्षमा जाजरकोटको तल्लुसम्म कालोपत्रेको लागि बोलपत्र हुन लागेको छ । वातावरण प्रभाव मुल्यांकन सकिएकाले अब ठेक्का लाग्ने सडक डिभिजन चौरजहारीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।