आकासे पानी जोहोले तेह्रथुमका किसानको फेरिएको दैनिकी

प्रकाश पाक्साँवा/ तेह्रथुम, १० कात्तिक । तेह्रथुमका किसानहरूले वर्षाको पानी जोहो गरेका छन् । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले पिउने पानीको केही हदसम्म अभाव पूरा गरे पनि गाईबस्तु र सिँचाइका लागि भने पानी जोहो गरेका हुन् । वर्षायाममा परेको पानी प्लाष्टिकको पोखरीमा बनाएर जोहो गरेको पानीलाई हिउँदमा सिँचाइमा प्रयोग गरिने किसानहरूले बताएका छन् । खानेपानीकै समस्या भएका गाउँमा यतिबेला तरकाली तथा फलफूलमा सिँचाइ गर्ने गरेका छन् ।

किसानहरूले बर्खामा खेरा जाने पानी घरनजिकै पोखरी बनाएर संकलन गरी सिँचाइ गर्ने गरेका छन । स्थानीय सरकारले ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याएपछि किसानहरूलाई राहत मिलेको छथर गाउँपालिका-६ का घनश्याम ढकालले बताए । ‘पानीको मुहान सुक्दै जाँदा खानेपानी कै समस्या थियो । तर, स्थानीय सरकारले अनुदानमा प्लाष्टिक पोखरी दिएपछि सिँचाइ गर्न ठुलो राहत मिलेको छ’, उनले भने, ‘हामीलाई खानेपानी नै समस्या थियो । तरकारीमा सिँचाइ गर्न त झन परैको कुरा, तरकारी किनेरै खानु पर्थ्यो तर, हामी अहिले तरकारी बेच्न थालेका छौ ।’

ढकालजस्तै कृष्णकुमारी पौडेलले प्लाष्टिक पोखरीमा पानी जोहो गरी तरकारीमा सिँचाइ गर्दै आएकी छिन् । करेसाबासीमा अकबरे, आलु, प्याज, लसुनलगायतका तरकारी खेती गर्दै आएकी छिन् । पानीकै अभावका कारण सिँचाइ गर्न नसक्दा तरकारी किनेर खाने यहाँका किसानहरू अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् । पानी पर्दा घरको छतबाट झर्ने पानी पाइपबाट पोखरीमा संकलन गर्ने गरेका छन् ।

वर्षायाममा परेको पानी पोखरीमा संकलन गरी सुख्खायाममा तरकारी, फलफूल खेती तथा अन्यबालीमा सिँचाइ गर्ने गरेको छथर–६ का होमकुमारी मगरले बताइन् । सुख्खाग्रस्त क्षेत्रका किसानहरूलाई लक्षित गरी ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याइएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । गाउँपालिकाले कृषकको साझेदारीमा पोखरी अनुदानमा प्रदान गर्दै आएको कृषि शाखा प्रमुख छथर हिमबहादुर थापाले बताए । आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप लगायतका गाउँहरूमा पोखरी बनाइ किसानले सिँचाइ गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।