प्रदेश सरकारको अनुभूति दिन एकद्वार प्रणालीबाट सेवा दिन खोजेका हौं: सामाजिक विकास मन्त्री साम्सोहाङ

विराटनगर, १४ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूती दिलाउन एकद्वार प्रणालीबाट सेवा दिन खोजिएको बताउनु भएको छ । जिल्ला–जिल्लामा एकिकृत सेवा हुँदा प्रदेशवासीलाई नै सहज हुने उहाँले बताउनुभयो ।
विराटनगरमा प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेश स्तरिय बार्षिक समीक्षा कार्यक्रममा मन्त्री साम्सोहाङले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘ बाहिर हल्ला गरेजस्तो स्वास्थ्यको जिल्ला कार्यालय नै नरहने, स्वास्थ्यका हाकिम नै हुन नपाईने भन्ने हैन ।’ प्रदेश सरकारको २०७८–७९ को नीति तथा कार्यक्रम र प्रदेश सरकारको २०७८–७९ को बजेट वक्तव्यको अनुसारले नै प्रदेश सरकारले कार्य अघि बढाएको उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईले प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसारनै एकद्वार प्रणालीबाट सेवा दिने तयारी थालिएको बताउनुभयो । उहाँले प्रतिवेदन अध्ययन गरेर मात्रै धारणा बनाउन पनि आग्रह गर्नुभयो ।

ज्नस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य कैलाशखाकी श्रेष्ठले प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालयको माग राखिरहेको समयमा स्वास्थ्य स्वास्थ्य सेवाको परिकल्पना भन्दा बाहिर गएर संगठन संरचना तयार गर्न खोजिएको बताउनुभयो । उहाँले एकद्वार प्रणालीबाट सेवा दिने प्रदेश सरकारको तयारीको विरोध जनाउनुभयो । उहाँले तत्काल स्वास्थ्य मन्त्रालय बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । तीन दिने समीक्षामा स्वास्थ्यकर्मीहरुले एकिकृत सेवा प्रणालीबारे ठोस धारणा तय गर्नुपर्ने श्रेष्ठको भनाई छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा. मदन उपाध्याय, प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेत, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतले बोल्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।