बाँसले बजार पाउन थाल्यो, आम्दानी लिँदै किसान

प्रकाश पाक्साँवा/ तेह्रथुम, २० कात्तिक । सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो ।

गाउँमा सामान्य डोको, डालो, थुन्से, नाम्लोलगायतका सामाग्री बनाएर बिक्री गर्दा आएका किसानहरू बाँसले बजार पाउन थालेपछि आम्दानी लिन थालेका छन् । गाउँका बस्तीहरूमा सडक सञ्जालहरू जोडिएसँगै यहाँका बाँसले मूल्य पाउन थालेको हो ।

करेसाबारी बार्न र सामान्य घरमा दाउरको रूपमा मात्र प्रयोग हुँदै आएको बाँस बिक्री हुन थालेपछि किसानहरू खुसी भएका छन् । बाँस बिक्रीबाट मात्र यो साल एक लाख ५० हजार आम्दानी लिएको ओख्रेका धनपती ढकालले बताए ।

‘बार लगाउन, दाउरा पोल्न, केही घरगोठ बनाउनका लागि मात्र प्रयोग गथ्र्याे, प्रयोग नभएको बाँस कुहिएर जान्थ्यो । तर, अहिले बजार पाएपछि हामीले राम्रो आम्दानी लिएका छौ’, ढकाल भन्छन् ।

ढकालजस्तै म्याङलुङका १० का पुकराज लिम्बूले बाँस बिक्रीबाट राम्रै आम्दानी लिएका छन् । बाँसले बजार मात्र पाएको छैन, गाउँमा कामको खोजीमा भौँतारिरहेका युवाहरू रोजगार बनेका छन् । रोजगार नहँुदा क्याराम बोर्ड, लुँडो र घरकै काममा रहेका युवाहरूले रोजगार पाउँदा परिवारमा गर्जाे टार्नसमेत सहज भएको स्वस्तीका लिम्बूले बताइन् ।

केही वर्षअघिसम्म जंगलमै कुहिएर गएको बाँस यतिबेला यहाँका किसानको आम्दानीको स्रोत बनेको छ । प्रति गोटा ३० देखी ५० रुपैयाँसम्म व्यापारीहरूले खरिद गर्दै आएका छन् ।

जिल्लाको गाउँ गाउँमा रहेको बाँस काठमाडौं, काभ्रेको पाँचखाललगायत विभिन्न स्थानहरूमा निर्यात हुन थालेको छ । घर निमार्ण तथा तरकारी खेतीका लागि बाँस निर्यात हुने गरेको नविन ढकालले बताए । बाँस बिक्री हुन थालेपछि खाली जमिनहरूमा किसानहरूले बाँस रोप्न थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।