इन्धनको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको चक्काजाम

बुटवल, २५ कात्तिक । पेट्राेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् ।

नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन् ।

अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलनलाई जारी राखिने अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

‘धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथ अपरिहार्य’
काठमाडौँ, २५ कात्तिक (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताउनुभएको छ ।भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा यहाँस्थित भारतीय राजदूतावासले आयोजना गरेको छ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल ¥यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उहाँले दुई देशबीचको धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथको विकास अत्यावश्यक भएकामा जोड दिनुभएको होे ।

पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवद्र्धनमा मन्त्री आलेले जोड दिनुभएको हो ।

समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उहाँले हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला सङ्ग्रहालय हुन् भन्नुभयो ।नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले ¥यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । पचासवटा मोटरसाइकलको उक्त ¥याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।