मानुङकोटमा व्यवस्थित पहिलो होटल भ्यूटावर निर्माण

तनहुँ, २५ कात्तिक । सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ ।दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एक रोपनी जमिन खरिद गरी करिब रु ८५ लाखको लागतमा होटल निर्माण गरिएको होटल सञ्चालक दाहालले जानकारी दिनुभयो । पारिवारिक वातावरणमा बस्न चाहनेका लागि चारवटा एट्याच शौचालयसहितको कोठा तथा स्नानगृह बनाइएकोे र समूहमा आउने कम्तीमा पचास जनासम्मलाई राख्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो । उक्त होटलमा तालिम तथा गोष्ठीमा व्यवस्थित तरिकाले राख्न र सेवा प्रवाह गर्न सकिने भएको छ ।

जेनतेन बसाँै भने अहिले पनि आएर बस्न मिल्ने अवस्था भए पनि पूरै निर्माण सम्पन्न भइनसकेको र कम्तीमा हप्ता÷दश दिनभित्रमा पूरा गर्ने योजना रहेको सञ्चालक दाहालले बताउनुभयो । खानेपानीको चरम समस्या रहेको मानुङकोटमा पानीकै कारण त्यस क्षेत्रका बासिन्दा दमौलीबजार आसपास क्षेत्रमा बसाइँसराइ गरेका थिए ।होटल सञ्चालनसँगै ट्याङ्करबाट पानी ल्याएर व्यवस्थित गरी ग्राहकलाई सेवा प्रवाह गरिने भएको छ । स्थानीय मगर समुदायका मौलिक खाना कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक र स्थानीयस्तरमा उत्पादित प्राङ्गारिक तरकारीलाई प्राथमिकता दिइने अर्का सञ्चालक कुमार कञ्चन जिसीले जानकारी दिनुभयो ।

केही काम निर्माणधीन अवस्थामा रहेकाले निर्माण भएपश्चात मगर समुदायका कला संस्कृति प्रस्तुत गरेर आगन्तुक पर्यटकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको अर्का सञ्चालक प्रेम राउतले बताउनुभयो । उक्त होटलमा बसेर पर्यटकले दमौली बजारलगायत मनोरम दृश्य अवलोकन गर्न सक्नेछन् । तनहुँको सदरमुकाम दमौलीबाट करिब आठ किलोमिटर दूरीमा मानुङकोट अवस्थित छ । चापाघाटबाट मानुङकोटसम्मको सडक स्तरोन्नति गर्दै कालोपत्रका लागि व्यास नगरपालिकाले बजेट विनियोजन गरेकाले निर्माण कार्य भइरहेको छ । मानुङकोटमा सार्वजनिक शौचालय र खानेपानीको सुविधा पु¥याउन नगरपालिकाले प्राथामिकता दिँदै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।