का’रागा’रभित्र कै’दीको शं’कास्पद मृ’त्यु

विराटनगर, २५ कात्तिक । जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृ’त्यु भएको छ । ज’बरजस्ती क’रणी मु’द्दामा ६ बर्षदेखि का’रागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृ’त्यु भएको हो ।

पेट दु’खेपछि उपचारका लागि बिहीबार राति १ बजे कोसी अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिए । मृ’तक थापाको शव कोसी अस्पतालमै राखिएको छ । उनले आफन्तलाई श’ब बुझ्नन बोलाएको बताएका छन् । आफन्तले शब पो’ष्टमा’र्टम गर्ने कि नगर्ने भन्ने बिषयमा समेत छलफल नभएको उनले बताए ।

मोरङ का’रागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झ’डप भएको थियो । कात्तिक मण्डलकाे नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरूलाई नियन्त्रणमा लिएर कु’टपिट भएपछि झ’डप भएको थियो । झ’डपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेको छैन । थापाको कु’टपि’टबाट मृ’त्यु भएको हुन सक्ने उनका भाइ हरि थापाले बताए ।

मृ’तक नारायणका नातामा काका पर्ने शंकर थापाले भतिजाको ह’त्या रहस्यमय रहेको बताएका छन् । बिरामी भएको जनाकारी नगराई मरेको मात्रै सूचना दिनुले शंका उत्पन्न भएको थापाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।