भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा कम
नयाँदिल्ली,२९ कात्तिक । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ ।सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३४ हजार ९६ रहेका छन् । कुल सङ्क्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२३ दिन अर्थात १७ महिना पछिकै सबैभन्दा कम हो, केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख ४७ हजार ५३६ पुगेको सो मन्त्रालयले दिएको पछिल्लो जानकारीमा बताइएको छ ।
गत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १२५ जनाको मृ,त्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म यसको सङ्क्रमणबाट मृ,त्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार ६५५ रहेको बताइएको छ । भारतमा गत २४ घण्टामा ११ हजार ९२६ जना कोरोनाबाट मुक्त भएका यसैसँगै भारतमा कोरोना भाइरस शुरु भएयता हालसम्म कोरोना मुक्त भएकाको संख्या तीन करोड ३८ लाख ४९ कजार ७८५ रहेको छ ।
बाइडेन – सी बैठकको तयारीः अपेक्षा अनेक-सम्भावना कम
वाशिंगटन, कार्तिक २९ । हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा सँगै चाउचाउ खाएर विश्वलाई नयाँ सन्देश दिन खोजेका छन्। तिब्बती पठारमा भएको आदानप्रदानको क्रममा उनीहरूले अमेरिकाको अर्थतन्त्र र वाणिज्यका बारेमा गम्भीर छलफल गरेका छन् । उनीहरूले एकअर्काप्रति निष्कपट सम्मान विकास गर्ने बारे अमेरिकी व्यवसायी नेताहरूलाई आग्रह पनि गरेका छन्। असल परराष्ट्र नीति बलियो व्यक्तिगत सम्बन्ध निर्माणबाट शुरु हुन्छ भन्ने बाइडेनको हृदयदेखिको विश्वासको प्रमाणका रूपमा अमेरिकी राष्ट्रपतिले चिनिया समकक्षी सीसँगको सम्बन्ध कायम राख्नुभएको बताइएको छ ।
दुई नेताहरूले सोमबार राष्ट्रपतिको रूपमा पहिलो बैठक बस्ने तयारी गरिरहँदा समस्याग्रस्त अमेरिका-चीन सम्बन्ध कसरी अगाडि बढ्छ र बाइडेनको राजनीतिज्ञ छवि कसरी प्रस्तु हुन्छ भन्ने विशेष चासोको रूपमा हेरिएको छ । “जब यो अमेरिका-चीन सम्बन्धको कुरा आउँछ यसका बीचमा खाडलहरू यति ठूला छन् र प्रवृत्तिगत रेखाहरू यति समस्याग्रस्त छन् ताकि व्यक्तिगत सम्बन्धले मात्र यसलाई कसरी पर्गेल्न सक्छ चासोको विषय छ,” म्याथ्यू गुडम्यान जो राष्ट्रिय सुरक्षा परिषद्मा एशिया सल्लाहकारको रूपमा बुश र ओबामा प्रशासन काम गरेका थिए उनको टिप्पणी छ । हाल द्वीदेशीय सम्बन्ध चीसो हुँदै गएको आभाष भइरहेको छ यद्यपि ती पुराना साथीहरू अहिले देशको प्रमुख कार्यकारी भएका छन् । ह्वाइट हाउसका अधिकारीहरूले सोमबारको भर्चुअल बैठकको लागि कम अपेक्षाहरू राखेका छन् । कुनै ठूलो महत्त्वका घोषणाहरू अपेक्षित छैनन् । उनीहरूका अनुसार अन्तमा दुई नेता द्वारा परम्परागत संयुक्त वक्तव्य जारी हुनसक्ने सम्भावना छ ।


