१४ वर्ष दुबई बसेर फर्किएका भुवनसिंह लिम्बू च्याउ खेतीमा रमाउँदै

प्रकाश पाक्साँवा/तेह्रथुम, १ मंसिर ।वार्षिक रूपमा पाँच लाखभन्दा बढी युवाहरू रोजगारीका लागि पहिलो रोजाइ बन्छ विदेश । धेरै युवाहरू म्यानपावर कम्पनीले प्रतिबद्धता गरेविपरीत काम गर्न बाध्य बन्दै आएका छन् । गाउँमै केही व्यावसाय सञ्चालन गरी रोजगार बन्ने वातावरण नभइपछि विदेशिनु युवाहरूको बाध्यता नै बनेको छ ।वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरू कोही दुःख पाएर फर्किन्छन् । विदेशबाट फर्केर यहीँ नेपालमा केही गर्छु भन्ने युवाहरूको संख्या कमै छ । गाउँमा नै केही गर्छु यहीँको माटोमा रमाउँछु भन्ने सोच भने कमैमा हुन्छ । तर, तेह्रथुम म्याङलुङ–५ आम्फुवाका भुवन सिंह लिम्बू भने गाउँमै रमाउन थालेका छन् ।

वैदेशिक रोजगारबाट पीडा भोगेका लिम्बू अहिले लालिगुराँस नगरपालिका–९ लसुनेमा जापानिज सिताके च्याउ खेतीमा रमाउन थालेका हुन् । १० लाख लगानीमा उनले खेती सुरु गरेका हुन् । २०६१ सालमा नेपाल आर्मीमा भर्ना भएका उनी २०६६ सालमा जागिर छोडेर दुबई पुगेका थिए । १४ वर्ष दुबई बिताएका लिम्बूको जुन सोचले उनी विदेश गएका थिए, ती सोचहरू पूरा हुन सकेनन् । ‘राम्रै कमाइ हुन्थ्यो, महिनामा एक लाखभन्दा बढी तलब पाउथेँ । तर, पराइको भूमिमा अरूको खटनमा काम गर्दा मनमा शान्ति मिलेन । त्यसैले गाउँमा परिवारसँगै व्यवसाय गर्ने सोचका साथ जापानिज सिताके च्याउ खेती रोजेका हुँ’, उनले बताए ।

बजार राम्रो सम्भावना रहेको र थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिनै भएकाले पनि च्याउ खेती उनको रोजाइमा परेको बताउँछन । लिम्बूले फेदाप तिनजुरे किनोको सिताके च्याउ उद्योग दर्ता गरी च्याउ खेती गर्दै आएका छन् । तीन रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा भाडा लिई खेती गर्दै आएका हुन् । काठ स्टोर कोठा, च्याउ उत्पादन गर्ने ठाँउ र उत्पादनका लागि चाहिने कच्चा सामग्रीहरूलाई व्यवस्थापन गर्ने पहिलो चरणमा लगानी गरेका छन् ।

स्थानीय स्तरमा नै च्याउ उत्पादनका लागि कटुस, पैयुँ र उत्तिसको काठ पाउने भएकाले पनि व्यवसाय सञ्चालनमा समस्या नरहेको उनी बताउँछन् । यो खेती सुरुवात मै उनले मासिक ६० देखि ७० हजार मासिक आम्दानी लिन थालेका छन् । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीको भाटभाटेनीमा निर्यात हुँदै आएको उनले जानकारी दिए । लिम्बूले आफ्नो उद्योगमा युवाहरूलाई रोजगारसमेत दिन थालेका छन् । प्रतिकिलो ६०० रुपैयाँमा यहाँ उत्पादन भएको च्याउ बिक्री हुँदै आएको छ । ‘बजारमा माग बढ्दो छ, माग भएअनुसार उत्पादन गर्ने सकिएको छैन । लगानी थपेर अझ खेतीलाई विस्तार गर्ने सोचमा छु’, लिम्बूले भने ।

खेतीको सुरुवाती चरणमै राम्रो आम्दानी लिएका लिम्बू यतिबेला आफ्नै उद्योगमा रमाइरहेका छन् । लगनशील भएर गाउँमै व्यावसायिक बन्ने हो भन्ने रोजगारको लागि भौँतारिनु नपर्ने गतिलो उदाहरण दिएका छन् लिम्बुले ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।