प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि एक सय करोड छिटै उपलब्ध गराउने

धनुषा, २ मङ्सिर ।भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ ।धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु भएका उहाँले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको घोषणाबमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाउनुभएको हो । प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम पनि रहेको उल्लेख गर्नुभयोे ।

पूजाअर्चनाका लागि जानकी मन्दिर पुग्नुभएका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिनुभएको थियो । उहाँले भन्नुभयोे, “नेपालमा गौ हत्या भइरहेको छैन तर भारतमा चार÷चार शङ्काराचार्य भएर पनि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पु¥याइदिनुस् ।”प्रवक्ता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताका साथै अन्य राजनीतिक दलका नेतासँग पनि भेटघाट गर्नुभएको थियोे ।

शैक्षिक सामग्रीमा नमूना ‘बालसिद्ध प्रावि’
–सुशीला रेग्मी,रामपुर (पाल्पा), शिक्षण कार्यलाई प्रभावकारी बनाउन बालसिद्ध प्राथमिक विद्यालयले शैक्षिक सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ । सैद्धान्तिक ज्ञान सीपसँगै प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिँदै यस विद्यालयले शैक्षिक सामग्रीको प्रर्याप्त प्रयोग गरी शिक्षण कार्य गरिरहेको छ । रामपुर नगरपालिका– १० मा रहेको यस विद्यालय नमूना शैक्षिक सामग्री प्रयोग गर्ने उत्कृष्ट विद्यालयका रुपमा चिनिएको छ । यहाँ स्थानीयस्तरमा उपलब्धस्रोत सामग्रीबाट शैक्षिक सामग्री निर्माण गरी कक्षाकोठामा प्रयोग गर्ने गरिएको छ ।

स्थानीयस्तरकै स्रोतसाधन प्रयोग गरी विद्यालयमा प्रयोग गर्दा शिक्षण कार्य प्रभावकारी बनेको विद्यालयका प्रधानाध्यापक लेखप्रसाद श्रेष्ठले बताउनुभयो । “गाउँघरमा पाइने विभिन्न वस्तुलाई मिलाएर शैक्षिक सामग्री बनाउने गरिएको छ, गाउँमा नपाइने अति आवश्यक किन्नैपर्ने सामग्री मात्र खरिद गरिन्छ, अरु सबै स्थानीय सामग्री नै छन्”, उहाँले भन्नुभयो, “स्थानीय वस्तुबाट बनाइएका शैक्षिक सामग्री विद्यार्थीले छिटो पहिचान गर्नसक्ने हुँदा पढाइप्रति आकर्षित हुने गरेका छन् ।”स्थानीयस्तरका वस्तुलाई शिक्षक आफैले शैक्षिक सामग्री बनाएर कक्षाकोठामा प्रयोग गरिएको छ । किताबी ज्ञानको तुलनामा शैक्षिक सामग्रीको प्रयोगले ५० प्रतिशत सिकाई छिटो बुझ्ने गरेको प्रधानाध्यापक श्रेष्ठको अनुभव छ । बजारमा उपलब्ध शैक्षिक सामग्री खरिद गर्न धेरैखर्च लाग्नुका साथै विद्यार्थीको पनि बजारका सामग्रीमा भन्दा स्थानीयस्तरकै सामग्रीमा आकर्षण बढ्ने गरेको पाइन्छ ।

गाउँघरका वस्तुबाट बनाइएका शैक्षिक सामग्रीबाट विद्यार्थीलाई ज्ञान सीप बुझाउन सजिलो परेको शिक्षक विष्णु भट्टराईले बताउनुभयो । यहाँ रिङ्गेम बोर्ड, साइकल गेम, अङ्कर अक्षर बोर्डलगायतका स्थानीयस्तरबाट बनाइएका ३० प्रकारका शैक्षिक सामग्री छन् । बिरामीको एक्सरे कार्ड, बिग्रिएका क्याल्कुलेटर, माटोका गुच्छा, मसी सकिएका कलम, झिँजालगायतका विभिन्न सामग्रीबाट शैक्षिक सामग्री तयार पारिन्छ । घर वरपर पाइने विभिन्न सामग्री आफैले देखेका वा प्रयोग गरेको हँुदा यसबाट तयार पारिएका शैक्षिक सामग्री विद्यार्थीले छिटो बुझ्ने गर्छन् । पाठ अनुसार हरेक दिन विभिन्न शैक्षिक सामग्री साथमा ल्याएर शिक्षकले पढाउदा बुझ्न सजिलो परेको कक्षा ३ मा अध्ययनरत छात्रा दिया सुनारले बताउनुभयो । यस विद्यालयमा कक्षा नर्सरीदेखि ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । यस शैक्षिक सत्रमा हाल ६५ जना विद्यार्थी छन् । रामपुर नगरपालिकाको केन्द्रदेखि टाढा रहेको यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित समुदायका छन् भने केही जनजाती समुदायका भेटिन्छन् ।

विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न यहाँका शिक्षक आफैले विभिन्न प्रकारका शैक्षिक सामग्री बनाएर कक्षाकोठामा नियमित गरिरहेका छन् । यहाँ स्थानीय वस्तुबाट तयार पारिएका शैक्षिक सामग्री अवलोकन गर्न जाने गर्दछन् । शैक्षिक सामग्री प्रयोगमा रामपुर नगरपालिकाभित्र प्राथमिक तहमा हेर्न लायकको नमूना विद्यालय रहेको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो । नमूना शैक्षिक सामग्री प्रयोग गरेकाले गतवर्ष नगरपालिकाले कार्यसम्पादन अनुदान शीर्षकमा रु ५० हजार रकम सहयोग गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “शैक्षिक सामग्री प्रयोग गर्ने नमूना विद्यालयमा परेको छ, यस विद्यालयमा नगरपालिकाका प्रावि तहका प्रअ र शिक्षकलाई अवलोकन भ्रमण गराउने योजना छ, शैक्षिक सामग्रीको अवलोकन भ्रमण गर्न लायकको विद्यालय छ, यहाँको सिको अरु विद्यलायले पनि गर्नु आवश्यक छ ।”

रामपुर नगरपालिकाभित्र सामुदायिक ५१, संस्थागत नौ विद्यालय छन् । गाउँघरमा पाइने सामग्री भएकाले विद्यार्थीले शिक्षणकार्य छिटो बुझ्ने गरेका छन् । घर वरपर खेर गएका तथा स्थानीय सामग्रीलाई सही ठाउँमा प्रयोगमा ल्याउन सकियो भने अर्कोतर्फ बजारका शैक्षिक सामग्री महँगो मूल्यमा खरिद गर्ने झण्झट पनि हट्नेछ । बालबालिकाको पढाइमा सैद्धान्तिक ज्ञान मात्र नभइ प्रयोगात्मक अभ्यास जरुरी छ । शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाले छिटो ज्ञान सीप सिक्ने र उनीहरु पढाइप्रति आकर्षित हुनेछन् । किताबी ज्ञानसँगसँगै बालबालिकाको पढाइमा प्रयोगात्मक सिकाइ महत्वपूर्ण मानिन्छ । हिजोआज धेरै विद्यालयले कक्षाकोठामा अनिवार्यजसो पाठ्भार अनुसारका शैक्षिक सामग्री प्रयोग गर्ने गरेको पाइन्छ । गाउँघरमा पाइने विभिन्न वस्तुबाट उत्पादन गरिएका र बजारमा आएका शैक्षिक सामग्री खरिद गरी आवश्यकता अनुसार प्रयोग गरिँदै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖