राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र
चितवन, ३ मङ्सिर ।नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र पठाएको हो ।दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ । थप माग भएमा पठाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको उहाँले बताउनुभयो ।सुवेदीले भन्नुभयो, “पालिका, वडा र टोल कमिटी सक्रियरूपमा निमन्त्रणापत्र वितरण र प्रचार–प्रसारमा जुटेका छन् ।” प्रचारप्रसारका लागि स्थानीयस्तरमा विभिन्न कार्यक्रम भइरहेका छन् । उहाँले भन्नुभयो, “उद्घाटनसत्रमा सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाउन लागिएको हो ।”
उद्घाटन कार्यक्रममा एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनबाट मात्रै उद्घाटनसत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको छ ।”एमालेको १०औँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म यहाँ हुँदैछ । उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय गरिएको छ ।उद्घाटनसत्र हुने नारायणी नदी किनारमा मञ्च र अन्य व्यवस्थापनको काम सुरु भइसकेको छ । यस्तै बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टार परिसरमा समेत बन्दसत्र गर्ने हल निर्माणलगायत अन्य काम सुरु भइसकेको अध्यक्ष रावलले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिको आवासका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग तीन हजार ५०० बेड सम्झौता गरिसकिएको छ ।
कांगे्रस अधिवेशन : सुर्खेतका नौवटै स्थानीय तहमा नेतृत्व चयन
कर्णाली, ३ मङ्सिर ।नेपाली कांगे्रसको १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ विधानअनुसार गाउँ÷नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो । क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो ।बिहीबार सम्पन्न गाउँ÷नगर अधिवेशनलगत्तै आज प्रदेशसभा क्षेत्रको अधिवेशन हुँदैछ । यहाँ प्रदेशसभाका चार निर्वाचन क्षेत्र छन् ।
कांगे्रसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, लेकबेँसी नगरपालिकामा उमेश पौडेल, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, भेरीगङ्गा नगरपालिकामा रामबहादुर सिंह, बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारी र सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत सभापति पदमा निर्वाचित हुनुभएको छ । त्यस्तै वीरेन्द्रनगरमा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा र चौकुने गाउँपालिकाको कार्यसमिति सभापति पदमा नरबहादुर बान्तोला निर्वाचित हुनुभएको छ ।गुर्भाकोट र लेकबेँसी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनमार्फत कार्यसमिति चयन गरिएको हो । प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरको अधिवेशनलाई कांगे्रस नेताहरुले विशेष महत्व दिएका थिए । यहाँ कूल खसेका ३४९ मतमध्ये सभापतिमा विजयी उपेन्द्र खड्काले १९९ र उहाँका प्रतिस्पर्धी नारायणकुमार कोइरालाले १४७ मत ल्याउनुभएको थियो।


