राष्ट्रपतिद्वारा स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको उद्घाटन
काठमाडौँ, ४ मङ्सिर । ‘गोरखा भू,कम्प’बाट क्ष,तिग्रस्त बनेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनःनिर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । स्वयम्भूमा आज आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गर्नुभयो । विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन हुँदै आएको छ । ज्ञानमाला भजनमार्फत भगवान गौतमबुद्धले दिएका उपदेशलाई नागरिकका माझबाट पु¥याइँदै आइएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताउनुभयो ।
उहाँले ज्ञानमाला भजन खल स्थापनाको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रवद्र्धक भगवान बुद्धको शाश्वत उपदेशको प्रवद्र्धन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा सांस्कृतिक जागरण ल्याएर महिला हकहितका पक्षमा गोलबन्द गर्नु रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एकअर्काका परिपूरक भएको उल्लेख गर्र्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको सम्वद्र्धन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताउनुभयो ।
“प्राकृतिक र सांस्कृतिक सम्पदा स्थलको स्वच्छता र कलात्मक सौन्दर्यतामा जोड दिँदै त्यसको मौलिकपनलाई जोगाउन आवश्यक रहन्छ”, उहाँले भन्नुभयो, “यसका निम्ति यस क्षेत्रमा रहेका प्राकृतिक विज्ञान सङ्ग्रहालय, ज्ञानमाला भजन खलः लगायत संस्थाले प्रकृति र संस्कृतिको संरक्षणमा ध्यान दिनुहुनेछ भन्ने लागेको छ ।” उहाँले ऐतिहासिक पुरातत्विक सम्पदाका रुपमा रहेको भजन खलःको पुनःनिर्माणमा सहयोग पु¥याउने नेपाल सरकारलगायत सबैलाई धन्यवाद दिनुभयो । काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय कला, भाषा, संस्कृतिको संरक्षणमा महानगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले भजन खलः पुनःनिर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गर्नुभयो ।
मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै
वाग्मती, मकवानपुर जिल्लामा हाल एचआईभी सङ्क्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ । यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटाँैडा अस्पतालले जनाएको छ ।प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ । उक्त अस्पतालका अनुसार जिल्लामा ती सङ्क्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गीे रहेको बताइएको छ । उनीहरुले उक्त अस्पतालबाट सङ्क्रमण विरुद्धको एआरटी औषधि नियमितरुपमा सेवन गरिरहेको जनाइएको छ ।अस्पतालका एआरटी काउन्सुलर सुजल श्रेष्ठले जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गरेको जानकरी दिँदै मकवानपुरका केही सङ्क्रमितका साथै अन्य जिल्लाका सङ्क्रममितले समेत एआरटी खाइरहेका बताउनुभयो ।
सन् २०१२ देखि हालसम्म जिल्लामा ३२ जनाको एचआईभी सङ्क्रमणबाट मृत्यु भइसकेको छ । एचआईभी हँुदैमा एड्स नहुने र एचआईभी सङ्क्रमित धेरै वर्षसम्म स्वस्थ्य रहने भएकाले रोगलाई लुकाउन नहुने र समय समयमा उपचार गराउनु पर्ने उहाँको भनाइ थियोे छ ।सङ्क्रमित भएको लामो समयसम्म उपचार नगराएमा पछि उपचार गर्न समस्या हुने र किटाणुु वृद्धि भएर सङ्क्रमितको रोगसँग लड्ने क्षमता पनि कम हुने काउन्सुलर श्रेष्ठले बताउनुभयो । एचआईभी सङ्क्रमितमा लामो समयसम्म ज्वरो आउने, पसिना आउने, पखाला लाग्ने र अन्य कारणबाट समेत लामो समयसम्म सञ्चो नभए चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्ने चिकित्सकको भनाइ थियो ।असुरक्षित यौ,न सम्र्पक, सङ्क्रमितको रगत तथा सिरिन्जको प्रयोगले यो रोग सर्ने भएकाले त्यसबाट जोगिनुपर्ने बताइएको छ । सरकाले यस रोगका सम्वन्धमा समय समयमा चेतनामूलक कार्यक्रम गरिरहेकोले रोग लुकाउन नहँुनेमा काउन्सुलर श्रेष्ठले जोड दिनुभयोे ।


