जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला
काठमाडौँ, ५ मङ्सिर ।नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बाँस्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम केसी चयन भएका छन् ।मञ्चको २१ सदस्यीय कार्यसमितिमा निरोज पाण्डे सचिव, जीवन पाण्डे र जनकलाल लामा सहसचिव चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा कुमार कोइराला, सहकोषाध्यक्षमा विनोद ढकाललाई चयन गरेको छ । जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय समितिको सदस्यमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रवीन्द्र पाण्डे, तेजबहादुर थिङ, खगेन्द्रप्रसाद ढकाल, महाश्रम भण्डारी, अनिश रायमाझी, ताराबहादुर कार्की, विष्णुकुमार आङदाङ्वेलाई छनोट गरिएको छ ।
कार्यक्रममा प्रवास जनप्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्वअक्ष्यक्ष अरुणकुमार श्रेष्ठले नवनिर्वाचित नेतृत्वलाई शुभकामनासहित सङ्गठनात्मक धारणा राख्नुभएको थियो । यसैगरी जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरि पुडासैनी, एनआरएनए आइसिसी सदस्य श्रवणकुमार सत्याल, सङ्गठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जनप्रगतिशील मञ्चका पूर्व केन्द्रीय सचिव जनक सुवेदी, कान्तो क्षेत्रीय समितिका इन्चार्ज दावा शेर्पालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।गोकर्ण बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वी एसिया इन्चार्ज डा भुपालमान श्रेष्ठ रहनुभएको थियो । स्वागत मन्तव्य सागर कार्कीले राख्नुभएको थियो भने बेनुका खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस..कांग्रेस निर्वाचन : काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन
काभ्रेपलाञ्चोक, नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएका थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा सर्वसम्मत नेतृत्व चयन भएको हो । निर्विरोध निर्वाचित हुनेमा सभापति रामबहादुर योञ्जन, उपसभापति चन्द्रलाल दोङ र रणबहादुर तामाङ, सचिवमा दावा फेन्च लामा र रामशरण चौलागाईँ हुनुहुन्छ । सहसचिवमा भने गोकुलप्रसाद भुर्तेल र वसन्तकुमार तामाङलगायत सदस्यहरू क्षेत्रीय समितिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा चन्द्रबहादुर लामा, उपसभापतिमा केशव बञ्जारा र सुदर्शन अधिकारी निर्वाचित हुनुभएको हो । सचिवमा अनिश बल र रुपक महत तथा सहसचिवमा विनोद तिवारी र रामबहादुर घ्यावालगायत सदस्य विजयी हुनुभएको छ ।यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’को सभापतिमा हेम लामा निर्वाचित हुनुभएको छ । उपसभापतिमा किरण श्रेष्ठ र जीवन खड्का तथा सचिवमा उद्धवप्रसाद पौडेल र सञ्जय तामाङ, सहसचिवमा अनिल लामा र रमिला बानियाँसहित समिति निर्वाचत भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा रामहरि श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपसभापतिमा भने कुमुदा वैद्य र गङ्गाप्रसाद घिमिरे विजयी हुनुभयो । यस्तै सचिवमा नेत्रप्रसाद ढकाल र युगेश्वर कायस्थ तथा सहसचिवमा दीपक लामिछाने र मनहरि ढकाल निर्वाचित हुनुभएको हो ।यसैबीच नेपाली कांग्रेसको निर्वाचन तालिकाअनुसार सोमबार काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको छ । नेतृत्वका लागि हालसम्म १ नं क्षेत्रबाट दिनेश लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई नम्बर प्रतिनिधिसभा क्षेत्रबाट महेश खरेल र सुन्दरमणि अचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।यही मङ्सिर १० गते हुने जिल्ला अधिवशेनमा भने केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको समूहबाट पूर्वसांसद तीर्थ लामाले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा छुट्टै प्यानल बनाउनुभएको सभापति मधुप्रसाद आचार्यको समूहबाट भने हालसम्म जिल्ला नेतृत्वको उम्मेदवारी टुङ्गो लागेको छैन । उक्त समूहबाट पूर्वसांसद कञ्चनचन्द्र वादे र जिल्लानेता तीर्थ पसखलको सभापतिमा उम्मेदवारीको चर्चा छ ।


