नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ, ६ मङ्सिर । नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको रु ११ करोडकोे टे«जरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । बैंकका अनुसार ९१ दिने टे«जरी आगामी फागुन १० गते, १८३ दिने टे«जरी २०७९ जेठ १० तथा ३६४ दिने टे«जरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ । यसअघि यही कात्तिक २९ मा बैंकले रु ११ अर्ब ८५ करोड ५० लाखको टे«जरी बिक्री गरेको थियो । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बंैकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बंैकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

मुख्यमन्त्री शाही र प्रधानसेनापतिबीच भेट
कर्णाली, ६ मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति प्रभुराम शर्माबीच भेट भएको छ । मुख्यमन्त्री शाहीसँग प्रधानसेनापति शर्मा नेतृत्वको टोलीले आज भेट गरेको हो । भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे जानकारी गर्नुभएको थियो ।

आगामी दिनमा प्रदेश सरकारसँग नियमित समन्वयमा रही काम गर्न इच्छुक रहेको विचार व्यक्त गर्दै उहाँले कर्णाली करिडोरअन्तर्गत सल्लिसल्ला खण्डको सात किलोमिटर चट्टान खण्डको समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मुख्यमन्त्री शाहीको अनुरोधमा नेपाली सेना हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्नसमेत इच्छुक भएको बताइएको छ । त्यस्तै मुख्यमन्त्री शाहीले रुकुम–सल्यान छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग खण्ड, नाग्म–जुम्ला–गमगढी, खुलालु–सल्लिसल्ला सडकखण्ड र विपत् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।