एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ ।कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो । विभिन्न राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही पदाधिकारीले महाधिवेशन प्रतिनिधि चयन विधानविपरीत अलग–अलग मापदण्डमा गरिएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी गरेका थिए । त्यसबारेमा छानबिन गर्न मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।मन्त्रालयका अनुसार एनआरएनए विधान र परम्परा, अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्षको धारणा तथा विभिन्न देशमा भएका अनियमितताको छानबिन गरी समितिले प्रतिवेदन बुझाएको थियो ।

गत हप्ता पन्तलगायतको टोलीलाई परराष्ट्रमन्त्री डा नारायण खड्काले उजुरीकर्ताको राय र छानबिन समितिको प्रतिवेदनअनुसार निर्णय दिने बताएका थिए। अध्यक्ष पन्तले शुक्रबार विज्ञप्ति जारी गरी आउँदो डिसेम्बर १५ मा सङ्घको निर्वाचन गराउने तथा डिसेम्बर १९ र २० मा काठमाडौँमा महाधिवेशन गराउने जानकारी दिएका थिए ।गैरआवासीय नेपाली सङ्घको महाधिवेशन र निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिने परराष्ट्रको निर्णयको केही राष्ट्रिय समन्वय परिषद् (एनसिसी)ले स्वागत गरेका छन् । गत महिना सम्पन्न एनसिसीको पहिलो विश्व भेलाका आयोजकमध्ये एक एनसिसी बेलायतका अध्यक्ष प्रेम गाहामगरले २०१९–२१ को कार्यसमितिले महाधिवेशन गराउन असमर्थ रहेको अवस्थामा विधानमा व्यवस्था भएअनुसार संरक्षक परिषद्लाई महाधिवेशन गराउन जिम्मा दिनु अहिलेको अवस्थामा उत्तम विकल्प भएको बताए ।

यो पनि पढ्नुहोस.काठमाडौं, मंसिर ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले बनाएको शेर बहादुर देउवा नेतृत्वको सरकार ढाल्न लागेको रहस्य खुलेको छ । जसरी केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार विरुद्ध लाग्नुभएको थियो अहिले त्यस्तै गर्न थालेको एक स्रोतले बतायो । नेपाली काग्रेसका सभापती समेत रहेका एवं प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका प्रचण्डको सम्बन्ध फेरी विग्रिएको हो । प्रचण्डले रामचन्द्र पौडललाई प्रयोग गरेर देउवा माथी खेल्न खोजे पछि देउवा फायर भएको बताइन्छ । प्रधानन्यायाधिश चोलेन्द्र प्रकरण देखीनै देउवा प्रचण्ड सँग झस्किएको स्रोतको दावी छ । वालुवाटार निकट उच्च स्रोतले दिएको विशेष सुचना अनुसार प्रधानन्यायाधिश चोलेन्द्र शमशेरका जेठान गजेन्द्र हमाललाई प्रचण्डको समेत विशेष जोडबलमा मन्त्री बनाइएको थियो।

पछि यसैलाई निहुँ बनाएर चोलेन्द्रलाई हटाउँन प्रचण्डले डबल रोल खेले पछि देउवा झस्किनुभएको स्रोतको दावी छ । देउवा प्रचण्ड सँग रिसाउँनुको अर्को कारण हो सरकार संचालन सम्बन्धी समन्वय संयन्त्र । संविधानलेनै नचिन्ने सुपर सरकार चलाउँन प्रचण्डले पहिले देखिनै भन्दै आउनुभएको थियो तर देउवाले टार्दै आउनुभएको थियो । सुरुमा प्रचण्डको प्रस्ताव उच्च स्तरिय सरकार संचालन संयन्त्र बनाउँने र त्यसको संयोजक आफु बनेर देउवालाई चलाउँने भन्ने थियो त्यो अवस्था नदेखे पछि अहिले उहाँले रामचन्द्र पौडललाई अघि बढाएपछि सम्वन्धमा झनै चिसोपन आएको हो पौडललाई प्रचण्डकै जोडबलमा सरकार संचालन समन्वय समितको संयोजक बनाए पछि देउवा फायर भएको स्रोत बताउछन् । देउवाको चाहना विपरित प्रचण्ड र माधव नेपालले यस्तो प्रस्ताव गरे पछि देउवाले हुन्न भन्न नसकेर मात्रै संयन्त्र बनाएको बताइएको छ । देउवाले यस्तो संयन्त्र केहि समयका लागी मात्रै हो भनेर सार्वजनिक रुपमा बोलीसक्नुभएको छ ।

नेपाली काग्रेसको रामचन्द्र पौडल समूहले आगामी निर्वाचनमा काग्रेसले रुखमै भोट हाल्न पाउँनु पर्छ क्याम्पेनिङ गर्न थाले पछि प्रचण्डले पौडलको मुख बन्द गराउँन संयन्त्रको संयोजक बनाउँन जोड गरेको स्रोत बताउँछ ।देउवा प्रचण्ड सम्बन्ध चिसिनुको अर्को मुख्य कारण भनेको सर्वोच्चको अहिलेको लफडानै हो । प्रचण्ड कुनै पनि हालतमा चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधिश बाट हटाउँनै इच्छा राखेपनि र देउवा त्यो कुरा कुनै पनि हालतमा मान्न तयार हुनुभएको छैन । यसमा पनि प्रचण्डले रामचन्द्र पौडललाई प्रयोग गरेको स्रोतको दावी छ । चोलेन्द्र हटे भने प्रधानन्यायाधिशको लाइनमा रहेका वरिष्ठतम न्यायाधिश दीपक कार्की रामचन्द्र पौडल निकट व्यक्ति हुनुहुन्छ ।

सोही कुरालाई बुझेर देउवा चोलेन्द्रलाई हटाउँन तयार हुनुभएको छैन भने प्रचण्ड रामचन्द्रलाई उकासेर देउवालाई चेपुवामा पार्ने पार्ने दाउमा रहेको स्रोत बताउछन् । रामचन्द्र पौडल मार्फत नेपाली काग्रेस भित्र दवाव बढाउँने र राजिनामा नदिए महाअभियोग लगाएर भए पनि चोलेन्द्रलाई सर्वाच्च अदालत बाट हात धुन लगाउँने गरि प्रचण्डले रोडम्याप बनाए पछि देउवा जत्तिको चतुर खेलाडीले नबुझ्ने कुरै भएन । यहि कारण देउवा प्रचण्ड सम्बन्ध पौष १५को मौसम भन्दा चिसो भैसकेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।