शुक्लाफाँटामा घरमा सु,त्केरी हुनेको सङ्ख्या शून्य

कञ्चनपुर, ८ मङ्सिर । शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै जो,खिम मोलेर सु,त्केरीको सङ्ख्या शून्यमा झरेको छ । संस्थागत सुत्केरी हुनेको सङ्ख्या सय प्रतिशत पुगेको छ । घरमा हुने सु,त्केरीलाई जनचेतनाको प्रभावका कारण निरुत्साहित गरी शून्य प्रतिशतमा झारिएको नगरपालिकाको स्वास्थ्य शाखाका वरिष्ठ अहेब अधिकृत हरि नाथले बताउनुभयो । “घरमै सु,त्केरी हुने कार्यलाई निरुत्साहित गर्ने कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाको अहम् भूमिका छ,” उहाँले भन्नु भयो, “घरमै सुत्केरी हँुदा हुने जटिलताका बारेमा महिला स्वयंसेविकाले सु,त्केरी हुनेको घरमै पुगेर जानकारी दिन थालेपछि सुत्केरीले स्वास्थ्य संस्थामै पुगेर सु,त्केरी गराउँदै आएका छन् ।”

नियमित गर्भजाँचसँगै पोषणयुक्त आहारका लागि सु,त्केरीले स्वयंसेविकाबाट सल्लाहसमेत लिने गरेका छन् । नगरपालिकाको पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्य चौकी र वन्साहा सहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । सुरक्षित सुत्केरीका लागि चौबिसै घण्टा बर्थिङ सेन्टरबाट दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सेवा दिने व्यवस्था गरिएको छ । जटिलताबाहेकका सुत्केरी सेवा बर्थिङ सेन्टरबाट उपलब्ध हँुदै आएको अधिकृत नाथले बताउनुभयो । सु,त्केरीको अवस्था जटिल भए तत्कालै नगरपालिकाको एम्बुलेन्समै सम्बन्धित अस्पतालमा पठाउने कार्यसमेत हँुदै आएको छ ।

नगरपालिकामा सञ्चालित बर्थिङ सेन्टरबाट आव ०७७÷७८ मा ५१४ जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएका छन् जसमध्ये दलित ९७, जनजाति १०९, ब्राह्मण क्षेत्री ३०४ र अन्य चारजना रहेका छन् ।कूल सुत्केरी हुनेमध्ये दलितको सङ्ख्या १९ प्रतिशत र जनजातिका सङ्ख्या २१ दशमलव २० प्रतिशत छ । आव ०७६÷७७ मा ४३९ ले बर्थिङ सेन्टरबाट सुरक्षित सुत्केरी सेवा लिएका थिए तीमध्ये १९ दशमलव ३६ दलित, ३० दशमलव २९ जनजाति, ४९ दशमलव ४९ ब्राह्मण र एक प्रतिशत अन्यले सुरक्षित सु,त्केरी सेवा लिएका छन् ।

निर्धारित समयमा चारपटक गर्भजाँच गराएमा प्रोत्साहनस्वरुप रु आठ सय तथा स्वास्थ्य संस्थाले सञ्चालन गरेको बार्थिङ सेन्टरमा सु,त्केरी गराएमा रु एक हजार यातायात खर्चसमेत उपलव्ध गराउने व्यवस्था रहेको छ । “सुत्केरी भत्ताका कारणले पनि गर्भवती नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्थामा आउने गरेका छन्,” स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “जसका कारणले मातृशिशु मृत्यु दरसमेत शून्य छ ।”
उहाँका अनुसार बर्थिङ सेन्टरबाटै सुत्केरी भएका महिलाका शिशुका लागि न्यानो झोला कार्यक्रमअन्तर्गत न्यानो लुगा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
चालु आवदेखि सु,त्केरी हुनेका लागि पोषणयुक्त आहार लगायतको व्यवस्था नगरपालिकाले गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।