चलचित्र ‘टुल्की’लाई प्रदर्शनको अनुमति

डोल्पा, ९ मङ्सिर । हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो । समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता शेखर लामाले जानकारी दिनुभयो । ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । एक ब्राम्हण बस्तीमा जन्मेकी ‘टुल्की’ले प्रेमविवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारका नाममा भोग्नुपरेको कहालीलाग्दो पीडालाई सो चलचित्रमा उतारिएको छ ।

चलचित्रको निर्देशन तथा छायाँङ्कन देवजङ्ग थापाले गर्नुभएको छ । चलचित्रमा लगानी शेखर लामा र आरपी कर्माचार्यको रहेको छ । सो चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ । करिब चार वर्षको अध्ययनपछि निर्माण गरिएको उक्त चलचित्र विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा देखाइने लामाको भनाइ छ । अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत सो चलचित्र प्रदर्शन गरिने बताइएको छ ।

गलकोटको विकासबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण
बागलुङ, ९ मङ्सिर ।गलकोट नगर क्षेत्रको विकासबारे नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ध्यानाकर्षण गराएको छ । आज गलकोट, हटियामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको नगर कमिटीले अर्थमन्त्री शर्मासमक्ष विविध विषयमा मागपत्र बुझाएको हो।गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना, स्मार्ट सिटी निर्माण र मध्यपहाडी पुष्पलाल लोकमार्ग कालोपत्रलगायतका विकास योजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको माओवादी केन्द्रका नगर इञ्चार्ज फमलाल निउरेले जानकारी दिनुभयो।“हामीले पहिलेदेखि नै उठाउँदै आएका माग र मुद्दालाई अर्थमन्त्रीसमक्ष मौखिक र लिखित दुवै माध्यमबाट राख्यौँ”, उहाँले भन्नुभयो, “प्रस्ताव अघि बढाउनेदेखि बजेट व्यवस्थापनका सन्दर्भमा सकारात्मक पहल लिने प्रतिबद्धता मन्त्रीज्यूबाट आएको छ ।”

यसक्रममा अर्थमन्त्री शर्माले गलकोटसहित समग्र जिल्लाको विकासमा सरकारले ध्यान दिने बताउनुभएको थियो । गलकोटमा इलाका प्रशासन कार्यालय स्थापनाको माग केही वर्ष अघिदेखि नै उठ्दै आएको छ । उक्त माग लिएर दुई वर्षअघि राजधानी पुगेको जनप्रतिनिधिसहितको सर्वदलीय टोलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरूलाई भेटेको थियो ।गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र तोकेर कार्यालय खोल्ने भनिए पनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । सरकारी तवरबाट आश्वासन पाए पनि मागको सुनुवाइ नभएको गलकोटवासीको गुनासो छ । इलाका प्रशासन कार्यालय गलकोटमै खुलेमा नागरिकता बनाउनेदखि मालपोत र नापीको सेवा लिन घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने सर्वसाधारणको बाध्यता हट्ने थियो ।

सरकारले देशका विभिन्न ठाउँमा बनाउने भनेको स्मार्ट सिटीको योजना गलकोटमा पनि पार्नुपर्ने माग अर्थमन्त्री शर्मासमक्ष राखिएको नगर इञ्चार्ज निउरेले बताउनुभयो । यस्तै मार्ग खुलेको दुई दशक बढी भइसक्दा पनि कालोपत्र हुन नसकेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड कालोपत्र र गलकोट क्षेत्रको सडक सुधारका लागि पनि ध्यानाकर्षण गराइएको उहाँको भनाइ छ ।पाँच वर्षअघि कालोपत्र भएपनि लोकमार्गको घोडाबाँधे–हटिया खण्ड नियमित मर्मत सुधार नहुँदा रुग्ण अवस्थामा पुगेको छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका अर्थमन्त्री शर्माले पार्टीको आन्तरिक परिस्थिति, आसन्न राष्ट्रिय सम्मेलनलगायतका विषयमा नेता, कार्यकर्तालाई जानकारी गराउनुभएको पार्टी नगर कमिटीले जनाएको छ । कार्यक्रममा (माओवादी केन्द्र)का जनप्रतिनिधिलगायत नेता, कार्यकर्ताको उपस्थिति थियो । लोकमार्ग भएर रुकुम जाने सिलसिलामा अर्थमन्त्री शर्माले गलकोटको कार्यक्रममा भाग लिनुभएको हो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।