कांग्रेस तनहुँ अधिवेशन : ४८ पदका लागि उम्मेदवारी दर्ता
दमौली, १० मङ्सिर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत तनहुँ जिल्ला अधिवेशन अगामी शनिबार हुँदैछ । अधिवेशनले जिल्लाका पदाधिकारी सहित ४८ पदमा नेतृत्व चयन गर्दैछ । अधिवेशनका लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ । कांग्रेस जिल्ला सभापति वैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जीतप्रकाश आलेले उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ४१ सदस्य निर्वाचित गर्नेछ । प्रत्येक गाउँपालिकाबाट एक महिलासहित एक अन्य गरी कूल १२, प्रत्येक नगरपालिकाबाट एक महिलासहित दुई अन्य गरी कूल १२ जना सदस्य निर्वाचित हुनेछन् ।
समानुपातिक सदस्यतर्फ प्रत्येक सदस्यको दुई तिहाइले हुने १६, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गबाट एक, खसआर्यतर्फ दुई महिलासहित चार, आदिवासी जनजातितर्फ चार महिलासहित नौ, दलिततर्फ एक महिलासहित तीन सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।
दुई उपसभापति पदका लागि उदयराज गौली, किसान गुरुङ, देवकुमार श्रेष्ठ र राजेन्द्रकृष्ण श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । दुई सचिवका लागि केशबहादुर सुनार, मोहन गिरी, लक्ष्मीभक्त खनाल र सहदेव अधिकारीको उम्मेदवारी दर्ता भएको छ । दुई सहसचिवका लागि धीरेश खनाल, परमेश्वर भट्टराई, मिलन आले र हुतमणि अधिकारीको उम्मेदवारी दर्ता भएको छ । सदस्यका लागि ऋषिङ गाउँपालिकाबाट दुर्गाबहादुर राना, रामनाथ काफ्लेको उम्मेदवारी दर्ता भएको छ । ऋषिङ गाउँपालिकाबाट यमुना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् । घिरिङ गाउँपालिकाबाट पशुपति पोख्रेल सर्वसम्मत निर्वाचित हुनुभएको छ भने महिलातर्फ बोमाया राना र लक्ष्मी माया बस्ताकोटीको उम्मेदवारी दर्ता भएको छ ।
देवघाट गाउँपालिकाबाट महिलातर्फ भीमकुमारी धाई थापा सर्वसम्मत हुनुभएको छ भने अन्यतर्फ खम्बासिंह राना र बाबुराम पौडेलको उम्मेदवारी दर्ता भएको छ । आँबुखैरेनी गाउँपालिकाबाट महिलातर्फ विमला कुँवर सर्वसम्मत हुनुभएको छ भने अन्यतर्फ केशवनाथ खनाल र भीष्मकान्त गौलीको उम्मेदवारी परेको छ । म्याग्दे गाउँपालिका अन्यतर्फ मनिराज मगर र सूर्यमोहन काफ्लेको उम्मेदवारी दर्ता भएको छ भने महिलातर्फ बद्रीका भट्टराई सर्वसम्मत हुनुभएको छ । बन्दीपुर गाउँपालिकामा अन्यतर्फ शिव खत्री र सुबोध अधिकारीको उम्मेदवारी परेको छ भने महिलातर्फ इनकन खनाल र केशमाया गुरुङको उम्मेदवारी परेको छ ।
व्यास नगरपालिकाबाट महिलातर्फ इन्दिरा दरै र कल्पना पोख्रेल तथा अन्यतर्फ तीर्थराज भट्टराई, रामप्रसाद मिश्र, रामशरण अधिकारी र सूर्यभक्त भण्डारीको उम्मेदवारी परेको छ । शुक्लागण्डकी नगरपालिकाबाट अन्यतर्फ अम्बिका घिमिरे, श्रीराम सुवेदी, तारा अधिकारी, शिवकुमार श्रेष्ठ, महिलातर्फ मधुमाया पन्थी र रोजिना खातुनको उम्मेदवारी परेको छ ।
भिमाद नगरपालिकाबाट अन्यतर्फ दया पौडेल, प्रेमकुमार श्रेष्ठ, रमेश भण्डारी, रामनाथ सुवेदीको उम्मेदवारी परेको छ भने महिलातर्फ नीरञ्जना खनाल सर्वसम्मत हुनुभएको छ । भानु नगरपालिकाबाट अन्यतर्फ चन्द्रप्रकाश पौडेल, चिरञ्जीवी ढकाल, राजकुमार श्रेष्ठ र राम रेग्मीको उम्मेदवारी परेको छ भने महिलातर्फ वृन्दा रानाभाट र सिर्जना श्रेष्ठको उम्मेदवारी परेको छ । सदस्य महिला खसआर्यतर्फ पवित्रा घिमिरे, सुशीलादेवी शर्मा, सरस्वती अधिकारी, सिर्जना तिवारी, सदस्य खुल्ला खस आर्य समानुपातिकतर्फ नहकुल अधिकारी, टीकाराम हड्खले, रामबहादुर अधिकारी, विष्णुभक्त न्यौपानेको उम्मेदवारी परेको छ ।
महिला आदिवासी जनजातितर्फ कमलादेवी घर्ती, केशरी थापा मगर, केशरी दुरा, भीमकुमारी आले, माया राना, रिया गुरुङ, विन्दु गुरुङ, विष्णुमाया प्रधानको उम्मेदवारी दर्ता भएको छ । अन्य आदिवासीतर्फ इन्द्रबहादुर थापा, गलबहादुर गुरुङ, तिलबहादुर थापा, नवीन थापामगर, प्रेमबहादुर थापा, प्रतापसिं गुरुङ, भरतकुमार श्रेष्ठ, रुद्र थापा मगर, सुकनारायण मल्ल र सुमन थापाको उम्मेदवारी परेको छ । अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गतर्फ दलबहादुर दुरा र महमद जवारदिन मियाँ (मुन्ना) को उम्मेदवारी परेको छ । केन्द्रीय महाधिवेशनतर्फ अपाङ्ग कोटामा खुमबहादुर थापा, दिपक भट्टराई र प्रकाश पन्थको उम्मेदवारी परेको छ भने प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि अपाङ्ग कोटामा कृष्णबहादुर थापा र ताराकुमारी पोख्रेलको उम्मेदवारी परेको छ ।


