स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा-सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था

काठमाडौँ, ११ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले शुक्रबार साँझ रामेछापमा आयोजना गरेको पार्टीको प्रथम अधिवेशनमा मन्त्री खतिवडाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव व्यवस्थापनका लागि अर्को व्यवस्था नहुँदासम्म सरकारको छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई करारमा नियुक्ति गरी कार्य क्षेत्रमा खटाइने प्रष्ट पार्नुभयो । उहाँले स्थानीय तहका कुनै वडामा कुनै प्रकारका स्वास्थ्य संस्था नभएकाले स्वास्थ्य संस्था स्थापना गर्न पहल भइरहेको बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट दोस्रो पटक भएको संसद् विघटनले राजनीतिक समस्या आएपछि संसद्का बहुमत सदस्यसहितको हस्ताक्षरबाट वर्तमान सरकार गठन भएको जानकारी गराउनुभयो । नेकपा (एकीकृत समाजवादी) सुनपाति गाउँपालिकाका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका रामेछाप जिल्ला इञ्चार्ज देवशङ्कर पौडेल, सहइञ्चार्ज होम बुढाथोकी, केन्द्रीय सदस्य शान्ता पौडेल, मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत, जिल्ला सचिव लालसिंह घिसिङ, काठमाडाँै–रामेछाप सम्पर्क मञ्चका अध्यक्ष सुवास खत्रीलगायतले स्थानीय तहमा राजनीतिक सङ्गठन विस्तारका लागि सुझाव दिनुभएको थियो । सुनापति गाउँपालिकामा दुर्गा घिमिरेको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन भएको छ भने वडा नं ३ हिलेदेवी, वडा नं ४ बेथान र वडा नंं ५ खनियाँपानीको वडा कमिटी पनि गठन भएको सो पार्टीले जनाएको छ ।

एक वर्षमा माओवादी पहिलो पार्टी ः शिक्षामन्त्री पौडेल
बलेवा, ११ मङ्सिर ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताउनुभएको छ । विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन बिस्तारमा लागेको बताउनुभयो । माओवादी केन्द्रले ल्याएको परिवर्तन र एजेण्डामा अरु पार्टीले रजाईं गरेको आरोप लगाउँदै पौडेलले माओवादीभित्र नयाँ जागरण आएको बताउनुभयो ।

“नेकपा फुटाउनु बाध्यता थियो, मलाई त ठिकै भएछ जस्तो लागेको छ”, पौडेलले भन्नुभयो, “अहिले हेर्नुहोस् त हाम्रा साथीहरु देखिन थाले, सङ्गठित हुन थाले ।” समावेशी राज्य व्यवस्था पार्टीको एजेण्डा भए पनि पछिल्लो समय माओवादी सकियो भन्नेले नै त्यो एजेण्डा आफ्नो भएको सस्तो प्रचार गर्नेगरेको उहाँको आरोप थियो । माओवादी केन्द्र जैमिनी नगर कमिटीको पहिलो अधिवेशनको शनिबार कुश्मीशेरामा उद्घाटन गर्दै पौडेलले पार्टीमा नयाँ जागरण आएको बताउनुभयो । विचार मिल्नेसँग एकताको सम्भावना कायम रहेको भन्दै पौडेलले त्यसका लागि माओवादी केन्द्रले नेतृत्व गर्ने बताउनुभयो । देशमा आउने हरेक सङ्कटको समाधान माओवादी केन्द्रकै नेतृत्व र अध्यक्ष प्रचण्डको भूमिकाले समाधान हुने गरेका उदाहरण दिँदै पौडेलले शिक्षा क्षेत्रको विकास र परिवर्तनका लागि सधै काम गर्ने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।