केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, १३ मङ्सिर । न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा बङ्गालादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका साथै अरब सागर तथा आसपासमाको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मङ्गलबार देशभर आंशिक बदली रही गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव एक डिग्री र अधिकतम तापक्रम २१ दशमलव चार डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

आयोजनामा स्थानीय जनतालाई प्राथमिकता दिन माग
दमौली, १३ मङ्सिर । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा स्थानीय जनतालाई प्राथमिकता दिन माग गरिएको छ । आयोजना निरीक्षणका लागि आउनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आज भएको भेटमा आयोजनाबाट असर पर्ने क्षेत्रका व्यक्तिले आफूहरूलाई पनि प्राथमिकता राख्न माग गरेका हुन् । आयोजनाबाट असर पर्ने क्षेत्र ऋषिङको बासिन्दासमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले रोजगारीमा स्थानीयवासीलाई विशेष प्राथमिकता दिनुपर्नेमा मन्त्री भुसालको ध्यानाकर्षण गराउनुभयो । “आयोजना छिटो सम्पन्न गर्न स्थानीयवासीकातर्फबाट सदैव सहयोग रहनेछ, आयोजनामा स्थानीयवासीको पनि सहभागिता हुनुपर्छ”, उहाँले भन्नुभयो ।

आयोजनाबाट ऋषिङ गाउँपालिका, व्यास नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष असर पर्ने भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काममा पनि आयोजनाबाट पीडित क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा स्थानीयवासीको माग थियो । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरण श्रेष्ठले स्थानीयवासीको सहयोगबिना आयोजना सफल नहुने भएकाले स्थानीयवासीसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोजनाले समृद्धिको आधार तयार गर्ने भएकाले स्थानीयवासीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले आयोजनामा स्थानीयवासीलाई प्राथमिकता दिने सवालमा सरकार र आयोजना प्रतिबद्ध रहेको बताउनुभयो । “आयोजना सफल बनाउने ठूलो जिम्मेवारी स्थानीयवासीको पनि हो, स्थानीयवासीलाई आयोजना सँगसँगै राखेर अगाडि बढाउन प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖