प्रदेश १ मा आज ४० जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, १४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा २, लेटाङ र मिक्लाजुङमा १–१, झापाको दमक र मेचीनगरमा ३–३, विर्तामोडमा २, हल्दिबारी, गौरादह र गौरीगञ्जमा १–१, सुनसरीको इटहरीमा ४, दुहवी, इनरुवा, र हरिनगरमा १–१, उदयपुरको चौदण्डीगढीमा २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा आज ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र १९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कांग्रेस धनकुटाको मतगणना बेलुका ७ बजेबाट हुने
धनकुटा,१४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाको कार्यसमिती र महाधिबेसन प्रतिनिधीका लागि भएको निर्वाचनको मतगणना अहिले साँझ ७ बजे बाट सुरु हुने भएको छ ।
७ पदाधीकारी, ६१ जिल्ला सदस्य र २४ महाधीवेशनका प्रतिनिधीका लागि भएको निर्वातनमा कुल १ हजार १३ मत खसेको निर्वाचन समितीका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिनु भयो ।धनकुटा जिल्ला कार्यसमितीको पदाधीकारीमा सभापति पदमा दिनेश राई र कमोट फागो प्रतिष्पर्धी हुनु हुन्छ ।
त्यस्तै उपसभापतीमा निर्मल ओझा, रमेश इवहाग, रुकमान तामाग सन्तोष,सुनिल कुमार ढंगोल बिच प्रतिष्पर्धा छ । त्यस्तै सचिवपदका लागि जयन्द्र घिसिग, तिर्थ राई, राजेन्द्र प्रसाद पौडेल र विजयसन्तोषी राई बिच प्रतिष्पर्धा हुदैछ ।
सहसचिव पदका लागि अम्बिका राई, गिरिजाप्रसाद दाहाल,झणेन्द्र प्रसाद खतिवडा र रोशन श्रेष्ठ विच प्रतिष्पर्धा छ । मत परिणम सम्भवत राती नै आइ सक्ने निर्वाचन समितीले जनाएको छ ।
एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित
चितवन, १४ मंसिर/एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन् ।
विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याए । सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए ।


