मतदाता नामावली सङ्कलन गरिने

भक्तपुर, १५ मङ्सिर ।जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही मङ्सिर १७ गतेदेखि भक्तपुरको चारवटै पालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ । कार्यालयले आज यसबारेमा जानकारी दिँदै मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलोचरणमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सङ्कलन गरिने भएको जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो । जिल्लामा दुई चरणमा गरिने नामावली सङ्कलनका क्रममा दोस्रो चरणमा चाँगुनारायण नगरपालिकामा पुस ३ गतेदेखि १६ गतेसम्म नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाटै नामावली सङ्कलन गरिने भएकाले नगरपालिकामा टोली नखटाइने उहाँले बताउनुभयोे ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय रहेको पालिकाको हकमा भने टोली नखटाई नियमित रुपमा दुई कार्यालयबाटै नामावली सङ्कलन गरिने देशव्यापी व्यवस्था निर्वाचन आयोगले गरेकाले भक्तपुर नगरपालिकामा टोली नखटाइने तर दुईवटै कार्यालयबाट नामावली सङ्कलन भने गरिने उहाँले जानकारी दिनुभयो । कार्यालयबाट नियमित रुपमा हुँदैआएको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यलाई पनि जारी राख्दै पालिकामा स्थानीयस्तरमै टोली खटाएर नामावली सङ्कलन गरिने भएको हो । भक्तपुरमा बसोबास गर्ने तर मतदाता नामावली भने आफ्नै स्थायी ठेगाना भएको जिल्लामा राख्न चाहनेले पनि नामावली सङ्कलन गर्न सक्नेछन् । भक्तपुर बसोबास गर्ने अरु जिल्लाका बासिन्दाले पनि यहीँबाट सम्बन्धित जिल्लाका लागि नामावली सङ्कलन गर्न सक्नेछन् ।

कार्यालयले मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा तीनजना सम्बन्धित पालिकाले उपलब्ध गराएको कर्मचारी र एकजना निर्वाचन कार्यालयबाट गरी एउटा टोलीमा चारजना कर्मचारी खटिने व्यवस्था गरेको प्रमुख कुँवले जानकारी दिनुभयो । नामावली सङ्कलन गर्ने टोली भने सम्बन्धित नगरपालिकामा बस्ने भएकाले वडावासी नामावली सङ्कलन गर्न आफ्नो नगरपालिका कार्यालयमा जानु पर्नेछ । निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर जिसीले अन्य जिल्लाका बासिन्दाले नामावली सङ्कलन गर्नुपरेमा, मतदाता नामावली सार्नु परेमा वा मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु परेमा पनि यहीँबाट हुने जानकारी दिनुभयो ।

मतदाता नामावली सङ्कलनका क्रममा नागरिकताको सक्कल र फोटोकपी लिएर आउन र नागरिकतामा स्थायी ठेगाना अन्य जिल्लाको भएमा बसाइँसराइ प्रमाणपत्र वा विवाह भइआएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र अनिवार्य लिएर आउँन उहाँले आग्रह गर्नुभयो ।
कार्यालयका सूचना अधिकारी जिसीका अनुसार भक्तपुरमा २०७७ पुस ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३७१ मतदाता रहेका छन् । जस अन्तर्गत भक्तपुर नगरपालिकामा ५६ हजार ५२६, सूर्यविनायक नगरपालिकामा ४५ हजार ६९२, मध्यपुरथिमि नगरपालिकामा ४० हजार ९४५ र चाँगुनारायण नगरपालिकामा ४१ हजार २०८ मतदाता रहेको उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।