कोरोनाबाट मृ,त्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने
नवलपुर, १७ मङ्सिर ।कोभिड–१९ बाट अस्पतालमा मृ,त्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो । स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाउनेको तथ्याङ्कसमेत मागेको छ । कार्यालय प्रमुख केशव चापागाईका अनुसार पी,डित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले सूचना जारी गरिएको बताउनुभयो । “नवलपुरभित्र स्थायी वासिन्दा भएका व्यक्ति जुनसुकै अस्पतालमा उपचार गर्दा कोरोनाका कारण मृ,त्यु भए उनीहरुको परिवारलाई आर्थिक सहयोग गरिनेछ”, उहाँले भन्नुभयो, “कोरोनाबाट घरमा न्यान गुमाएका व्यक्तिको परिवारले आर्थिक सहयोग पाउने छैनन् ।”
रकम निकासा भइसकेकाले आगामी हप्तादेखि नै राहत उपलब्ध गराइने चापागाईले बताउनुभयो । जिल्लामा हालसम्म कोरोनाबाट १७० जनाको मृत्यु भइसकेको छ । प्रकृया पूरा गरेर कागजात बुझाएको दुई हप्ताभित्र रकम भुक्तानी गरिने छ । मृतकको कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृ,त्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि तथा आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ । हालसम्म २० मृतकका परिवारले प्रक्रिया पूरा गरेर निवेदन दिएको कार्यालयले जनाएको छ । व्यक्तिले सिधै स्वास्थ्य कार्यालयमा पुगेर निवेदन दिनसक्ने छन् ।
तिलोत्तमालाई दिगो बालमैत्री नगगर बनाउन योजना निर्माण
लुम्बिनी, १७ मंङ्सिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री बनाउन योजना निर्माण गरिएको छ । तिलोत्तमालाई यही मङ्सिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्ने गरी आवश्यक सूचक पूरा गराउन विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरिएका छन् । बालमैत्री स्थानीय शासनका सूचकको अन्तिम अवस्था मापन, स्थितिपत्र तयारी तथा घोषणापश्चात् दिगोपनका लागि सरोकारवालाको सहभागितामा रणनीतिक योजना निर्माण गरिएको हो । त्यसक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, बाल क्लब, विभिन्न सङ्घ संस्था, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी सेवा प्रदायक निकायलगायत सरोकारवालाले दिएका शुभकामनाका आधारमा रणनीतिक योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसक्रममा राष्ट्रिय प्रशिक्षक विष्णुबहादुर चौबेले नगरवासीको सामूहिक पहलले तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको बताउनुभयो । नगर प्रमुख वासुदेव घिमिरेले बालमैत्री नगर बनाउने अभियानमा सबै मिलेर जुट्न आग्रह गर्दै यसको दिगोपनको लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । बालमैत्री स्थानीय शासन, बालअधिकारसम्बन्धी समग्र पक्षअर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो ।


