अध्यक्ष ओली-ताजा जनादेश नै सही विकल्प

काठमाडौँ, १७ मङ्सिर ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानु नै अहिलेको विकल्प भएको बताउनुभएको छ ।सो पार्टीको हालै चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीले आज पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान अहिलेको राजनीतिक निकास ताजा जनादेश भएको दोहो¥याउनुभएको हो । एमालेले कारबाही गरेका सांसदलाई समावेश गरेर पार्टी विभाजन गराइएको आरोप उहाँको थियो । यही मङ्सिर २८ गते सङ्घीय संसद्को दुवै सदन आह्वान गरिएका सन्दर्भमा अध्यक्ष ओलीले भन्नुभयो, “हामीले कारबाही गरेका सांसदलाई कायम राखेर सदनको कारबाही चल्न सक्दैन ।

हाम्रो अवरोध कायमै रहन्छ ।”नवनिर्वाचिन अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल, सचिवहरु गोकर्णराज विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याललगायतले आज पदबहाली गर्नुभएको थियो । उहाँहरुलाई पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले स्वागत गर्नुभएको थियो । यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहामा भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।

राष्ट्रिय क्रिकेट ः सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश
काठमाडौँ, १७ मङ्सिर । सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३ दशमवल एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।सुदूरपश्चिमको जीतमा नरेश भट्टले सर्वाधिक ३७ रनको योगदान दिए भने राहुल भण्डारी ३१ रनमा अविजित रहे । त्यस्तै वसन्त कार्कीले ११ रन जोड्दा खड्कबहादुर बोहराले पाँच रन जोडे । बलिङतर्फ वाग्मतीका गौतम केसी र प्रतिश जिसीले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको वाग्मती ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । वाग्मतीका विवेक रानामगरले सर्वाधिक ३२ रनको योगदान दिए भने कृश कार्कीले १७ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सूयांशु कोइराला आठ, उत्तम थापा छ, प्रशान्त महत एक, प्रतिश जिसी छ, गौतम केसी सात तथा विपुल खनाल तीन रनमा आउट भए ।सुदूरपश्चिमका हेमन्त धाँमी एक्लैले पाँच विकेट लिए भने शेर मल्लले चार विकेट लिए । सुदूरपश्चिम लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगको शीर्ष स्थानमा भने लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको फाइनल खेल यही मङ्सिर १९ गते आइतबार हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।