कांग्रेस प्रदेश १ महामन्त्री र सहमहामन्त्रीमा खोटाङका भूपेन्द्र र वीरकाजीकाे उम्मेदवारी

खोटाङ, १७ मंसिर । नेपाली कांग्रेसको प्रदेश १ को महामन्त्री र सहमहामन्त्रीमा खोटाङका दुई नेताले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभापतिका प्रत्यासी उद्धव थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै, प्रदेश सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेको प्यानलबाट नेता वीरकाजी राईले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

प्रदेश महामन्त्रीका प्रत्यासी राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष हुन् । उनले कोभिड-१९ को महामारीका बेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पुर्‍याएर चर्चा कमाएका थिए । महामन्त्रीका प्रत्यासी राईसँगै प्रदेश सदस्यमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राई, शान्तिकला राई र लोकेन्द्र राईले सदस्यमा मनोनयन दर्ता गरेका नेता अमृत गिरीले बताए ।

सहमहामन्त्रीसँगै प्रदेश सदस्यमा सुमनबाबु आचार्य, जितेन्द्रसिंह ठकुरी, गोपाल सैंजू र अञ्जना केसी बस्नेतले उम्मेद्वारी दिएको नेता राजकुमार बस्नेतले बताए । प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला समूहबाट घिमिरे तथा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट थापा उठेका छन् ।

कांग्रेस प्रदेश अधिवेशनका लागि सुदूरपश्चिममा मनोनयन सुरु
मोहन जोशी/धनगढी, १७ मंसिर ।नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न थालेका छन् । बिहान ८ देखि १० बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिए पनि सहमतिको प्रयास गर्ने भन्दै २ बजेसम्मका लागि प्रक्रिया सारिएको थियो । तर उम्मेदवाहरू आ-आफ्नै अडानमा रहेपछि समहति जुट्न सकेन ।

अहिले सबै प्रत्यासी आ-आफ्नै तरिकाले मनोनयन दर्ता गर्न थालेका नेपाली कांग्रेस प्रदेश अधिवेशन प्रचार प्रसार समितिका संयोजक नृप सुनारले बताए ।
उनका अनुसार संस्थापन समूहबाट तीन जनाले उम्मेदवारी दिने भएका छन् । संसथापन समूहबाट गाेविन्द बाेहरा, गाेविन्द शाह, पुष्पकुमार शाहीलगायत आकांक्षी छन् ।

इतर समूहबाट नारायणदत्त मिश्रले टिमसहित उम्मेदवारी दिने भएका छन् । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।