एमाले इलामको अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई
इलाम, १८ मंसिर । नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशाैँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो । एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केशी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफरेर गरेको छ ।
एमालेले संगठन विभागको जिम्मेवारी उपसचिव उमेश गुरुङ्गलाई तोकेको छ । त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश अधिकारीलाई दिएको छ । बुद्धिजिवी विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ भने अर्थ विभाग प्रमुखको जिम्मेवारी डा. देवी क्षेत्री दुलाललाई सुम्पेको छ । यी विभागको प्रमुखमा रहेकाहरू माथिल्लो कमिटीमा निर्वाचित भएपछि विभागीय जिम्मेवारी हेरफेर भएको नेकपा एमाले इलामका उपसचिव उमेश गुरुङ्गले जानकारी दिए ।
यस्तै, आजकै बैठकले अखिल नेपाल महिला संघको इञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नम्बर २ को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ ।
चिसाेले रित्तिँदै लेक, भरिँदै बेसी
प्रकाश पाक्साँवा/तेह्रथुम, १८ मंसिर ।जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरीगोठ न्यानो स्थानकाे खोजीमा बेसी सार्न थालिएकाे छ। तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने ताल्लाे भेगका खर्क र बेसीमा चहलपहल बढेकाे छ । ताप्लेजुङको गोला, जलजलेलगायतका स्थानबाट चौरीहरू बेसी झार्न थालिएको छ ।
मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसाे बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताए । उनी भन्छन्, ‘जाडो बढ्न थालेपछि हामी चौरीगोठ बेसीतिर झार्छाैं गर्मी सुरु भएपछि फेरी लेकतिर ल्याउने गर्छौ । जाडोले पशुचौपया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाल बेसी झर्नु बाध्यता हो ।’ तेन्जिङ जस्तै यहाँका सबै चाैरी किसान बेसी झर्न थालेका छन् । यहाँका किसाना ६ महिना लेकतिर र ६ महिना बेसीतिरको खर्कमा चौरी तथा गाइभैंसी पाल्दै आएका छन् ।
खासगरी तीन जिल्लाको संगमस्थल तीनजुरे मिल्के, जलजले क्षेत्रको गुफापोखरी, मिल्के, सुकेपोखरी, दोबाटे, गिद्धे पाँचपोखरीलगायत क्षेत्रका चौरी तथा गाईभैंसी तेह्रथुमको श्रीजुङ र संखुवासभाको नुनढाकी गाउँका बस्ती नजिकका खर्कमा झार्न गरेको स्थानीय सोनाम शेर्पाले बताइन । माथिल्लो क्षेत्रमा अत्याधिक चिसो हुन थालेपछि न्यानो स्थान खोज्दै तलतिर झार्ने गरेका छन् । यहाँका किसान चौरीखर्क बेसी झार्न जाडोयाम भरी पुग्ने बन्दोबस्तीका सामग्री तयार गरी खर्कतिर लाग्ने गरेका छन् ।
गर्मी सुरु भएपछि चौरी तथा याकहरू आफै लेकतिर लाग्ने चौरीपालक किसान पासाङ शेर्पाले बताए ।


