नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि

पर्सा,१९ मङ्सिर । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो । आर्थिक वर्ष २०७७÷०७८को साउनदेखी कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी रू १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निवासी भएकामा चालु आवको साउनदेखि कात्तिकसम्म रू ३९ अर्ब ५६ करोड ३९ लाख बराबरको विभिन्न वस्तु निकासी भएको छ । विश्वस्तरमै कोरोनाको सङ्क्रमण घटदै गएपछि उद्योग व्यापारमा पनि सहजता भएकाले भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यामा वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, भटमासको पिना, जडिबुटीलगायत वस्तु रहेको बताउनुभयो । नेपाली वस्तुको निर्यात वृद्धिसँगै यसको प्रभाव राजश्व सङ्कलनमा समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले रू २६ अर्बभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा उक्त कार्यालयले रू ४३ अर्ब ६७ करोड २६ लाख राजश्व सङ्कलन गरेकामा ।चालु आवमा २६ अर्ब ४४करोड ८८ लाख बढी अर्थात् ७० अर्ब १२ करोड १४ लाख राजश्स सङ्कलन गर्न सफल भएको छ ।

किशोरीलाई आत्मरक्षा तालिम
डोटी, १९ मङ्सिर । हिं,साबाट जोगिन यहाँका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गर्न थालिएको छ । यहाँको दिपायल सिलगढी नगरपालिकाले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ४० किशोरीलाई सो तालिम प्रदान गरेको हो । महिला तथा किशोरीमाथि हुनसक्ने आपराधिक घटना तथा क्रियाकलापलाई निरुत्साहित गर्नेे ध्येयले उक्त तालिम दिन थालिएको महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले बताउनुभयो । महिला, बालिका तथा किशोरीमाथि हुने दुव्र्यवहार अन्त्य गर्न उक्त तालिमले निकै सहज हुने अपेक्षा लिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिनुभयो ।

उक्त तालिममा किशोरीहरू आपराधिक व्यक्तिको आक्रमणबाट कसरी बच्ने, संवेदनशील अङ्ग कसरी बचावट गर्नेदेखि आफूले प्रतिकार कसरी गर्ने भन्नेलगायतका सीपसहित प्रशिक्षण प्रदान गरिएको छ । उक्त तालिममा यहाँका स्थानीय बिद्यालयका किशोरीलाई समावेश गरिएको छ । विषेशगरी छात्रालाई विद्यालयमा वा घरमा आउने जाने समयमा त्यस्ता आपराधिक घटना घट्न सक्ने भएकाले आत्मारक्षा तालिमको सुरुआत गरिएको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय जाने किशोरी प्रायः गरी आपराधिक घटनाका सिकार हुन थालेकाले त्यस्ता घटनाको सामना गर्न र सक्षम बनाउन हामीले किशोरीलाई तालिम दिन थालेका छौँ ।” पहिलो चरणमा यहाँको पद्म पब्लिक मुक्तिनारायण माध्यामिक विद्यालयका ४० किशोरीलाई उक्त तालिममा सहभागी गराइएको छ । उक्त तालिम निकट भविष्यमै नगरपालिकाका सबै वडामा रहेका बिद्यालयका किशोरीलाई दिइने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖