कांग्रेस प्रदेश समिति : खोटाङका एक महामन्त्री र चार सदस्य निर्वाचित

खोटाङ, २१ मंसिर /खोटाङबाट नेपाली कांग्रेसको प्रदेश समितिमा एक महामन्त्री र चार सदस्य निर्वाचित भएका छन् । प्रदेश १ महामन्त्रीमा भूपेन्द्र राई र सदस्यमा सदस्य जितेन्द्रसिंह ठकुरी, बिमला राई, लोकेन्द्र राई र शान्तिकला राई निर्वाचित भएका हुन् ।

पदाधिकारीको आइतबार राति र सदस्यको अन्तिम मत परिणाम सोमबार राति आएको हो । ठकुरी गुरुराज घिमिरे प्यानल र महामन्त्री राईसहित तीन सदस्य उद्व थापा (प्रदेश सभापतिमा विजयी)को प्यानलबाट निर्वाचित भएका हुन् ।

कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै, सभापतिमा साझा उम्मेदवार बनाइने
काठमाडौं, २१ मंसिर/नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् ।

त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसाे १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेकाे हाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।