सर्लाहीमा ४ बाट प्रदेश मन्त्री बने महाधिवेशन प्रतिनिधि, अमरेश सिंह पराजित

सर्लाही, २२ मंसिर/लामो समयदेखि नेपाली कांग्रेसको अधिवेशन हुन नसकेको सर्लाहीमा चर्चित नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन् । २४८ मत पाएका अमरेश भने पराजित भएका छन् ।यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

त्यसैगरी क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन् । प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन् ।

अमरेश र वीरेन्द्र पक्षबीचको विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा यसअघि अधिवेशन हुन सकेको थिएन । सर्लाही १ र ४ मा मंगलबार सम्पन्न भएको छ भने क्षेत्र नम्बर ३ मा आज बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।