पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने

नवलपुर, २२ मङ्सिर ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरुलाई किशोरावस्थाबाटै उद्यमशीलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ । “अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जानेछौँ ।”

धार्मिक महोत्सवबाट साढे तीन करोड सङ्कलन
बलेवा, २२ मङ्सिर।गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट रु साढे तीन करोड सङ्कलन भएको छ । गलकोट नगरपालिका–९ छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा महोत्सव सञ्चालन भएको थियो । यही मङ्सिर ६ गतेदेखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको थियो । धार्मिक महोत्सवमा स्थानीयवासीले दान र चन्दा सहयोग गरेका महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिनुभयो । धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिनुभएको थियो । बाजागाजा, पञ्च कलश, शोभायात्रासहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दीप प्रज्ज्वलन गरिएको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रखर धर्मगुरुहरूको आतिथ्यतासँगै सन्तहरुको कुम्भमेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजनकीर्तन, साङ्गीतिक झाँकीसहितका सांस्कृतिक प्रस्तुतिहरु गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । रु पाँच करोड आर्थिक सङ्कलन गर्ने लक्ष्यसहित धार्मिक महोत्सव सञ्चालन गरिएको थियो ।महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन् । महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भूमिका निर्वाह गर्नुहुने व्यक्तित्व एवं सङ्घसंस्थालाई अभिनन्दन गरिएको थियो ।

मन्दिरलाई धार्मिक महोत्सवबाट सङ्कलित रकममार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धारसँगै विविध सेवासहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धाश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्रसमेतको सेवा गर्दै भगवान्को पूर्ण आराधना गर्ने स्थलका रूपमा विकास गरिने महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।
महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण टेवा पुगेको उहाँले बताउनुभयो । विसं २०२५ माघ ७ मा प्राणप्रतिष्ठासहित शुभारम्भ गरिएको मन्दिरमा वैदिक पाञ्चरात्र विधिअनुसार पूजाअर्चना हुँदै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖