प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुर, २२ मङ्सिर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण कायमै रहे पनि ग्रामीण भेगमा अझै कोरोनाविरुद्धको खोप लगाउन डराइरहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको उहाँको भनाइ छ । कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा बढेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा भारतबाट आउने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनलाई लक्षित गरी ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो।

तीन दशकदेखि बन्द विमानस्थल पुनः सञ्चालनको तयारीमा
विनोद सिंह विष्ट,बैतडी, २२ मङ्सिर। करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम थालिएको हो । केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरिरहेको छ । विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिसकिएको र अहिले कटिङ गर्ने काम र फिलिङका लागि विमानस्थलमा निर्माण सामाग्री ढुवानी गर्ने काम भइरहेको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ) काम भइरहेको छ, एक वर्षमा फिलिङ र ग्याबिनको काम सम्पन्न हुनेछ ।”

गोकुलेश्वरमा रहेको विमानस्थल पुनःसञ्चालनमा आए यहाँको पर्यटन विकासका साथै यातायात सेवा सहज हुने स्थानीयवासी सुरेश श्रेष्ठले बताउनुभयो । विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकलेसमेत सेवा पाउने छन् । उहाँले भन्नुभयो,“विमानस्थलले विकट क्षेत्रका रुपमा रहेको दार्चुलाको यातायात सेवा सहज बनाउनेछ यसका साथै समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।” विसं २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मङ्सिर २२ गते देखि पूर्णरूपमा बन्द भएको थियो । अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । यसका साथै आकस्मिक रूपमा रेफर गर्नुपर्ने बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।

विमानस्थल बन्द हुँदा यसअघि गौचरन र खेलमैदानका रुपमा परिणत भएको थियो । द्वन्द्वका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइट अफिसलगायतमा आगजानी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुनसकेको छैन । द्वन्द्वकालदेखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ । बन्द रहेको विमानस्थल नेताको सभा, सम्मेलन गर्ने थलो, स्थानीयवासीको लागि खेलमैदान तथा बस्तुभाउको चरन क्षेत्रका रूपमा परिणत भएको दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थलमा अहिले प्रारम्भिक चरण अन्तर्गत फिलिङ र ग्याबिनको कार्य भइरहेको छ ।

विमानस्थल सञ्चालनको लागि तयारी थालिनुले खुसी लागेको स्थानीयवासी जिज्ञासु खत्रीको भनाइ छ । उहाँले भन्नुभयो,“गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याउन सकेमा जिल्लाको व्यापारिक, सामाजिक एवं रोजगारीका हिसाबले सम्भावना बढ्ने कुरा त छदैछन्, सँगसँगै दार्चुलाका धार्मिक एवं पर्यटकीय अपी बेस क्याम्प, मालिकार्जुनको शैल्यशिखरधाम, व्यास गुफा, छाङरू, तिङ्कर भञ्ज्याङ्, दुँहुमा निर्माण भइरहेको बन्जीजम्पिङसहित पासा दह, सिद्धटोपी, उकुको महल जस्ता गन्तव्यको प्रवद्र्ध्न एवं विस्तारमा निश्चय नै यस विमानस्थलको सञ्चालनले थप टेवा पुग्नेछ ।” साथै देशभित्र तथा बाह्य पर्यटकका लागि समेत दार्चुला नेपालको उत्कृष्ट गन्तव्य बन्न सक्ने कुरामा आफू ढुक्क रहेको उहाँको भनाइ छ ।

विमानस्थल सञ्चालनमा आएमा यहाँको आर्थिक अवस्था सुधार हुने गोकुलेश्वरका व्यापारी हेम विष्टको विश्वास रहेको छ । पर्यटन क्षेत्रको विकासका लागि टेवा पुग्ने होटेल व्यवसायी भुवन भण्डारीको भनाइ रहेको छ । यहाँ थुप्रै पर्यटनको सम्भावना रहेको विमानस्थल सञ्चालनमा आए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुनेछ । स्थानीयवासी सुरेश श्रेष्ठले भन्नुभयो,“ काम समयमै पूरा होस, बजेट थोरै भयो, थप बजेट बिनीयोजन गरेर काम संतोषजनक गर्नु आवश्यक छ, अनुगमनकारी निकायले समय समयमा अनुगमन पनि गरोस। ”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।