ब,लात्कार र ह,त्याका मुख्य योजनाकार प,क्राउ

सप्तरी, २२ मङ्सिर । ह,त्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि प,क्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।शृङ्खलाबद्ध बलात्कार र ह,त्याका मुख्य योजनाकार साविक टिकुलिया गाविस–६ घर भई कुशहा– ६ बस्ने सकिल हुसेन मियाँ र उनका साथी गुल्जार मियाँ तथा मस्तकिम मियाँ लामो समय नेपाल बाहिर रहँदै आएका थिए । उनीहरुमाथि शङ्खलाबद्ध बलात्कार र हत्याको आरोप छ । सिरियल किलर सकिललाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को कतार शाखाले कतारमा प,क्राउ गरी २०७४ फागुन २० गते नेपालको जिम्मा लगाएको थियो । सकिका नाममा २०७२ असार ४ गते इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको थियो । पक्राउ परेका गुल्जार उनै सकिलका मुख्य सहयोगी हुन् ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सकिल र गुल्जारलगायतले साविक टिकुलिया गाविस–९ घर भई पटेर्वा गाविस–१ बस्ने सबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको ह,त्या गरेर आफ्नै कुखुरा फारम नजिकै गाडेका थिए । साविक जण्डौल गाविस–८ की गोरहनिया भनिने दुलारीदेवी मुखिया साह र त्रिकौल गाविसको निर्मलादेवी साहको ह,त्यामा पनि उनी संलग्न रहेको प्रहरीको भनाइ छ । सकिलमाथि आफ्नै ससुरा र बुहारीको समेत ह,त्या गरेको आरोप छ ।सकिलमाथि सप्तरीको मल्हनियाँका आरुल मियाँ र पाण्डव पासवनको हत्या गरेको आरोप लागेको थियो । विसं २०६८ मा सकिल प,क्राउ पनि परे । यद्यपि आरोप पुष्टि हुनसकेन । आरुलका दाइ कलामुद्दिनको जाहेरीअनुसार प्रहरीले २०६८ मङ्सिर ४ गते सकिललाई प,क्राउ गरिएको थियो । जिल्ला अदालतको २०६९ चैतको आदेशअनुसार प्रहरी अनुसन्धान मिसिलमा जुटाइएका कागजातको आसय बाँझिएको फाइदा सकिललाई पुग्यो । उनले सफाइ पाए । प्रहरीले बरामद गरेको कङ्काल आरुल मियाँको हो भन्ने प्रमाणित नभएकाले उनको मृ,त्यु पुष्टि नभएको अदालतको आदेशपत्रमा उल्लेख छ ।

सप्तरीदेखि सुनसरीसम्मका नौ जनाको शृङ्खलाबद्ध ह,त्या अनुसन्धान क्रममा प्रहरीले मुख्य योजनाकारका रुपमा सकिललाई पायो । आरुल मियाँ र पाण्डव पासवानको ह,त्या आरोपमा प,क्राउ परे पनि उम्केका सकिलले एकपछि अर्को गरी नौ जनाको ह,त्या गरेको बताइएको छ। शङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा आठ वर्षअघिको आरुल हत्याकाण्डका मुख्य अभियुक्त सकिलले तत्कालीन प्रहरीको फितलो अनुसन्धान र कमजोर मिसिलका कारण उन्मुक्ति पाएको प्रहरीले ठहर गरेको छ । एक ह,त्या अनुसन्धानमा प्रहरीले तीन महिला र तीन पुरुषलाई नियन्त्रणमा लिएको थियो । सोही बेला प,क्राउ परेकामध्ये सप्तरीको साविक सारश्वर गाविस–४ का अल्लाउद्दिन मियाँको बयानबाट प्रहरीले नौ जनाको ह,त्या शृङ्खला फेला पारेको हो । सबै ह,त्याको मास्टर माइन्ड सकिल हुसैन भएको प्रहरीको भनाइ छ । जसमा गुल्जार अल्लाउद्धिनसहितका व्यक्ति बराबर संलग्न रहेका बताइएको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
मान्म, २२ मङ्सिर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका कालिकोटका नारायणप्रसाद भट्टराई तथा बागलुङका मणिभद्र शर्मा कँडेल र प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएपछि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँ नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । “कांग्रेसलाई नयाँ बाटोमा लैजान मेरो उम्मेदवारी हो”, भट्टराईले भन्नुभयो । नरहरिनाथ गाउँपालिका घर भएका उहाँ कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।

मन्त्री कँडेल र नेता पौडेलद्वारा उम्मेदवारी घोषणा

बलेवा : बागलुङबाट गण्डकी प्रदेश सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । कार्यकर्ताको भावना र चाहनाअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको कँडेल र पौडेलको भनाइ छ । कँडेल गण्डकीमा समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ भने पौडेल संविधानसभा सदस्य रहिसक्नुभएको छ । दुवै जना कांग्रेस बागलुङको पूर्वसभापतिसमेत हुनुहुन्छ । उहाँहरु बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖