ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा एमाले बैठक सुरु

भक्तपुर, २६ मङ्सिर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोश्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये नौ एजेन्डामा छलफल गरेर निर्णयमा पुगेको र आजको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत छ एजेण्डामा छलफल गरेर निर्णय गर्ने जानकारी दिनुभयो ।
पहिलो दिनको बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन, फागुन मसान्तसम्म सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गर्नाका साथै पार्टीको विधानमा आवश्यक सम्पादन गरी प्रकाशन गर्न र पार्टीको नियमावली संशोधन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेता खगराज अधिकारी र रमेश बडाल सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरिएको छ । त्यस्तै बैठकले आगामी पाँच वर्ष नेकपा (एमाले) पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने र पाँच वर्षभित्र बल्खुमा पार्टी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गरेर प्रविधिमैत्री भवन बनाएर सर्ने, आगामी पुस भरिमा जिल्लामा आवश्यक तयारी गरेर माघ र फागुनभरिमा पार्टी विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गराउँदै महाधिवेशनका सन्देशसमेत प्रवाह गर्ने अभियान चलाउने निर्णय गरेको छ ।

बेमौसमी तरकारीबाट मनग्य आम्दानी
मान्म, २६ मङ्सिर । बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् । कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका हरेक सदस्यलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ । जिल्लाको खाँडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका कृषि प्राविधिक अनिपाल ऐडीले बताउनुभयो । “खाँडाचक्र नगरपालिकामा आर्थिक वर्ष २०७७÷०७८ मा मात्र बेमौसमी तरकारी मूल्य शृङ्खलाअन्तर्गत ११ वटा कृषक समूहका ३०३ घरधुरी समूहमा आबद्ध रहेका छन्”, उहाँले भन्नुभयो, “समूहमा आबद्ध रहेका सदस्यलाई थोपा सिँचाइसहितको प्लास्टिक टनेल, तरकारीको बीउ र जैविक विषादी उपलब्ध गराउनुका साथै प्रत्येक समूहमा सिँचाइ पोखरीसमेत निर्माण भएका छन् ।”

बेमौसमी तरकारी खेती मात्र नभएर पशुपालनका क्षेत्रमा पनि यस कार्यक्रमले सहयोग गर्दै आएको छ । सो कार्यक्रमअन्र्तगत दुग्ध मूल्य शृङ्खला विकास कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक ऐडीले बताउनुभयो । “दुग्ध उत्पादनका लागि ४ वटा भैँसीपालन कृषक समूहका ९६ कृषक सदस्य आबद्ध छन्”, उहाँले भन्नुभयो, “यो कार्यक्रमबाट एक÷एक रोपनी बराबर उन्नत जातको घाँस खेती, घाँस काट्ने मेसिन र भैँसीको गोठ सुधार तथा प्रत्येक समूहमा एक÷एक वटा नश्ल सुधारका लागि उन्नत जातको राँगोसमेत दिइएको छ ।”
सङ्घीय कृषि तथा पशुन्छी मन्त्रालयअन्तर्गतको यो कार्यक्रम ६ वर्षसम्मका लागि सञ्चालनमा रहेको बताइएको छ ।

बेमौसमी तरकारी खेतीका लागि यो कार्यक्रमले किसानलाई आर्थिक सहयोग प्रदान गरेकाले उनीहरु यसको खेतीतर्फ आकर्षित भएको खाँडाचक्र नगरपालिका–२ गैरागाउँका किसान हजुरा विष्टले बताउनुभयो । “कृषक समूह र तरकारी बिक्री वितरण गर्ने व्यापारीबीच सिधै सम्झौता भएको छ । यसले उत्पादित तरकारीको बजारको अभाव हुँदैन्”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेको तरकारी खेर जान नसक्ने भएकाले किसान बेमौसमी तरकारीतर्फ आकर्षित भएका हुन् ।” यहाँ उत्पादित तरकारी खरिदका लागि व्यापारीहरु किसानको बारीमा नै पुग्ने गरेको किसान विष्टको भनाइ छ । “हामीले उत्पादन गरेको तरकारी खरिद गर्नका लागि व्यापारीहरु खेतबारी मै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “तरकारी खेर नजाने भएका कारणले हामीले कृषक समूह बनाएर व्यावसायिक तरकारी खेती गर्न तिर लागेका छौँ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।