एमाले केन्द्रीय सदस्यमा दुर्गा प्रसाईदेखि लालबाबु पण्डितसम्म मनोनीत

काठमाडौं, २६ मंसिर/एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो ।विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।

मनोनीत हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । प्रसाई मेडिकल व्यवसायी हुन् । उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए । विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए ।

पुरुषतर्फ : दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक, विषमलाल अधिकारी,

महिलातर्फ : इन्दिरादेवी गौतम, सरस्वति चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जाल, शान्ति अधिकारी, रुक्मीणि राठा, सरस्वति यादव, तारादेवी गुरुङ, गीता कार्की

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।