देउवाको प्यानलमा शशांक

काठमाडौं, २७ मंसिर /नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ । सभापतिको दौडमा शेरबहादुर देउवा, प्रकाशमानसिंह, विमलेन्द्र निधि, शेखर कोइराला र कल्याण गुरुङ रहेका छन् । गुरुङबाहेक बाँकी चार जनाले प्यानलसहित सभापतिको प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन् ।

नेतृत्व चयनका लागि मतदानअघि आफू पक्षधर नेताहरूलाई देउवा समूहले बाँडेको मतपत्रको नमुनामा देउवा समूहमा शशांक कोइरालाको नाम पनि उल्लेख छ । कोइराला परिवारबाट शेखर प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका बेला उनकै परिवारिक सदस्य शशांक देउवा समूहमा रहँदा सुजाता कोइराला प्रकाशमान सिंह समूहबाट उपसभापतिको उम्मेदवार बनेकी छन् ।

देउवा समूहले बाँडेको नमुना मतपत्रमा ३५ सिटका लागि हुने खुला खुला सदस्यमा नाम उल्लेख छ । कांग्रेस निर्वाचन समितिले दिइने मतपत्रको क्रम संख्या ८१ शशांकको नाम रहेको जनाउ दिने गरी देउवा समूहले नमुना मतपत्र बाँडेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖