एक वर्षमा ११ किमी सडक कालोपत्र

दमौली, २९ मङ्सिर । आर्थिक वर्ष ०७७÷७८ मा व्यास नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार निर्माणलाई जोड दिएको नगरपालिकाले एकवर्षका अवधिमा विभिन्न ठाउँका सडक कालोपत्रे गरेको शहरी पूर्वाधार तथा प्राविधिक शाखाका प्रमुख वरिष्ठ इञ्जिनीयर डा राजु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा ५.१५ किमी सडक ग्राभेल भएको छ भने ७.०५ किमी सडकको नयाँ ट्रयाक खोलिएको छ भने ७४.८५ किमी सडकको स्तरोन्नति तथा मर्मत सुधार गरिएको छ ।
नगरपालिकाले ५५५ नयाँ धारा निर्माण, १२२ खानेपानी योजना मर्मत सुधार र २५ हजार १०० ढल निर्माण तथा सुधार गरेको जनाएको छ । डा उहाँले व्यास–११ तनहुँसुर जाड्ने खड्गकाली मार्गमा हालसम्म एक हजार ५०० मिटर सडक कालोपत्रे गरिएको र पाँच हजार ७७५ मिटर नाला निर्माण सम्पन्न भएको बताउनुभयो । खड्गकाली मार्ग कालोपत्रेका लागि व्यास नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड लगानीे छ ।

“खड्गकाली मार्गको सङ्घीय सरकारको समपुरक अनुदानमार्फत स्वीकृत भई गत आर्थिक वर्षमा नै टेण्डर स्वीकृत भई सम्झौता पश्चात् काम भइरहेको छ,” शाखा प्रमुख डा पौडेलले भन्नुभयो, “बाटो चौडाका लागि कटिङको काम, ग्यावियन लगाउने काम, प्लम कङ्क्रिटको नाला बनाउने काम सकिएको छ । हालसम्म कूल कामको करिब ८० प्रतिशत काम भइसकेको छ ।”यसैगरी दमौली केशवटार मार्ग (केशवटार बजार) मा ६ सय ६७ मी सडक कालोपत्रे भएको छ भने ६ सय ५० मी नाला निर्माण भएको छ । दमौली केशवटार मार्ग (पोखरीभञ्ज्याङ बजार) मा आठ सय मी सडक कालोपत्रे भएको छ भने ६ सय ९१ मी नाला निर्माण भएको छ । क्यामिन मार्गमा ८६५ मी सडक कालोपत्रे भएको छ भने ४२५ मी नाला निर्माण भएको छ ।

कलेस्ती मार्गमा एक हजार १८० मी सडक कालोपत्रे भएको छ भने एक हजार १६० मी नाला निर्माण भएको छ । वडा कार्यालय पहुँच मार्ग व्यास–१० मा ७९० मी सडक कालोपत्रे भएको छ भने ४८२ मी नाला निर्माण भएको छ । छिर्कन वडा कार्यालय मार्गमा ४०५ मिटर सडक कालोपत्रे भएको छ भने ४१६ मिटर नाला निर्माण सम्पन्न भएको छ । कमलबारी वडा कार्यालय मार्गमा ५५२ मी सडक कालोपत्रे भएको छ भने ५४४ मी नाला निर्माण सम्पन्न भएको छ । माहेन्द्री मार्ग (शिशाघाट) मा ३०० मी सडक कालोपत्रे भएको छ भने २९७ मी नाला निर्माण भएको छ । तालघरे दुम्सीचौर मार्गमा ३८८ मी सडक कालोपत्रे भएको छ भने २४६ मी नाला निर्माण भएको छ ।नगरपालिकाले सोही अवधिमा तीन भ्युटावर निर्माण, दुई जातीय सांस्कृतिक सङ्ग्रहालय, ६ होमस्टे, चार पर्यटक पदमार्ग निर्माण तथा सुधार गरेको शाखा प्रमुख डा पौडेलले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।