धनकुटामा आजबाट प्रदेश १ स्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु
धनकुटा,३ पुष । धनकुटामा आजबाट प्रदेश १ स्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । धनकुटा जिल्ला व्याडमिन्टन संघको आयोजनामा आजबाट प्रदेश १ स्तरिय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा खुल्लामा ३२ टिम, महिला पुरुष खुल्लामा १८ टिम, पुरुष अन्डर १७ मा ३४ टिम, महिला तर्फ अन्डर १७ मा १२ टिम, ४५ बर्ष माथीमा १९ टिम र ५५ बर्ष माथी १३ टिम सहभागि रहेको आयोजक समितीका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतियोगितामा खुल्ला तर्फ प्रथम दोस्रो र तेस्रो टिमले क्रमश ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन। महिला पुरुषखुल्ला तर्फ प्रथम दोस्रो र तेस्रो टिमले क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै पुरुष र महिलातर्फ अन्डर १७ का प्रथम दोस्रो र तेस्रो टीमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन भने ४५ वर्ष माथिका प्रथम दोस्रो र तेस्रो टीमले क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै ५५ वर्ष माथिका प्रथम दोस्रो र तेस्रो टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्याडमिन्टन खेलको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामागले गर्नु भएको थियो ।
ओलीको टिके सल्लाहकार नबन्ने भीम रावलको घोषणा
काठमाडौं, ३ पुस/नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकार पद अस्वीकार गरेका छन् ।महासचिव शंकर पोखरेलले रावललाई अमृत बोहराको अध्यक्षतामा रहेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य अर्थात पार्टीको सल्लाहकारको जिम्मेवारी दिइएको बताएका बेला रावलले त्यसको खण्डन गरेका छन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै टिके प्रणालीबाट आफू सल्लाहकार नबन्ने स्पष्ट पारेका छन् ।’मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,’ रावलले भनेका छन्, ‘यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’
अध्यक्ष ओलीसँग १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका रावलले केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेका थिए ।


