माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं, १७ पुस/नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ ।प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी बिरोध माथी अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै साँझ ८ बजे देखी सुरु हुनेछ भने भने राति १०ः३० मा उम्मेदवार मनोनयन पछिको सुची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

राति १०:३० मा उम्मेदवारी सुची सार्वजनिक गरे लगत्तै आईतवार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८ः०० देखी ८ः३० सम्म तोकिएको छ । साथै, उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना ८ः३५ मा निर्वाचन समितिले दिने छ ।

उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८ः४० देखी ९ः०० बजेसम्म गर्नेछन र ९ः१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार ९ः३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ ।

बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖