तयारी नपुगेको भन्दै एमाले महोत्तरीले सार्‍याे जिल्ला अधिवेशन, ६ पालिकामा अझै भएन अधिवेशन

विशाल बस्नेत/महोत्तरी, १९ पुस । नेकपा (एमाले) महोत्तरीकाे जिल्ला अधिवेशन सरेकाे छ । २३ पुसमा एकैपटक जिल्ला अधिवेशन तय भए पनि महाेत्तरीमा भने तयारी नपुग्ने भन्दै ५-६ माघका लागि सारिएकाे हाे ।

६ पालिकामा अझै अधिवेशन हुन नसकेकाले जिल्ला अधिवेशन सारिएकाे केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी मगरले जानकारी दिए । क्षेत्र नम्बर १ र ३ मा सम्पन्न भए पनि २ र ४ मा विवाद कायमै रहेकाे एमाले महोत्तरीका सचिव सीताराम झाले जानकारी दिए ।

नेतृत्वका लागि आकांक्षी धेरै भएकाले सहमतिकाे प्रयास गरिएकाे छ ।

प्रतिनिधि चयनमा पनि आफूखुसी निर्णय लिएको भन्दै अहिले पनि एमालेभित्र ठूलो विवाद छ । एकता प्रक्रियाबाट आएका पूर्व माओवादीले आफूखुसी निर्णय लिएको संस्थापन पक्षले आरोप लगाउँदै आएकाे छ ।

एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टेकबहादुर बलाम्पाकी, जनप्रतिनिधि तथा वडाध्यक्ष फाल्गुन सुस्लिङ्ग मगर पूर्वमाओवादी हुन् ।

जिल्ला अधिवेशनमा पनि रस्साकस्सी हुने देखिएको छ । महाअधिवेशन प्रतिनिधिमा असन्तुष्ट पक्षले जिल्ला अधिवेशनमा पनि आफूखुसी गरे एमाले महोत्तरीमा थप विवाद बढनसक्ने र अर्को पक्षले फाइदा लिने जिल्लाका कतिपय नेताको आँकलन छ ।

जिल्ला पाटीभित्रकाे विवाद समाधानका लागि जिल्लास्थित नेताहरुले केन्द्रीय सदस्य तथा पोलुटब्युरो सदस्य रामदयाल मण्डललाई अगाडि सारेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।