एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ

दमक, १९ पुस (रासस) : नेकपा ९एमाले०का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाको नवाँै जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गर्नुभयो ।

उहाँले समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आउने छ। ”

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । करिब एक सय ५० पत्रकार तथा सञ्चारकर्मी सहभागी रहेको अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖