आज धरान जाँदै प्रधानमन्त्री देउवा, धरानमा आज सार्वजनिक बिदा

काठमाडौं, २० पुस ।प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार बिहान धरान जाँदैछन् । ‘धरान डे’मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम छ ।

देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कूलमा हुने कार्यक्रम सहभागी हुनेछन् । दिवसका अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएकाे छ ।

देउवाले नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि उद्घाटन गर्ने कार्यक्रम पनि छ । त्यसबाहेक धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्र र धरान-१२ स्थित प्राविधिक शिक्षालय भवनको उद्घाटन तथा धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकनकाे कार्यक्रम पनि तय भएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।