अध्यक्ष नेपाल-गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछ

काठमाडौँ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ । नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताउनुभएको हो । अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो सङ्ख्यामा सङ्गठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन् ।”

अध्यक्ष नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौँ क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै काठमाडौँ जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शङ्खरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गर्नुभयो । “आफ्नो क्षेत्रमा कोटेश्वरदेखि लिएर भक्तपुर सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ”, उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहनेछ ।” सो कार्यक्रममा उहाँले नेकपा एमाले शङ्करापुर–२ का वडा सचिव सोमबहादुर (सुमन) लामा लगायतलाई पार्टी प्रवेश गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस …इलाम – नेकपा एमाले जिल्ला कमिटी इलामले वामपन्थी आन्दोलनमा योगदान गर्नेदेखि भूमीगतकालमा सेल्टर प्रदान गर्नेसम्मलाई सम्मान गर्ने भएको छ । नेकपा एमालेको १०औं जिल्ला अधिवेशनमा उनीहरूलाई सम्मान गर्ने भएको हो ।‘वामपन्थी आन्दोलनमा योगदान गर्ने, भूमिगत कालमा जेलनेल भोग्ने, सेल्टर प्रदान गर्नेहरूलाई सम्मान गर्ने निर्णय भएको छ’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले मंगलबार पत्रकार सम्मेलनमा भन्नुभयो, ‘जिल्ला अधिवेशनमा सम्मानित हुने ४१ जनाको नाम पार्टीको सचिवालय बैठकले टुङ्गो लगाएको छ ।’

नेकपा एमालेको सचिवालय बैठक सोमबार बसेको थियो । बैठकले अधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । २३ र २४ गते इलाम सदरमुकाममा हुने अधिवेशनको प्रतिनिधिहरू समेत सचिवालय बैठकले अनुमोदन गरेको छ ।जिल्ला अधिवेशनमा ८०६ जना प्रतिनिधि सहभागी हुँदैछन् । आयोजकका ११९, मनोनीत ३९ जनासहित ८०६ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने भएका हुन् । त्यसमा खुला पुरुषतर्फ ३३९ जना, महिला तर्फ २६५ र दलित (महिला र पुरुष) तर्फ १२१ जना प्रतिनिधि सहभागी हुने एमालेका जिल्ला अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

नेकपा एमालेले १४ पुसमा ८१ वटै वडा कमिटी र शाखा कमिटीबाट प्रतिनिधि छनोट गरेको हो । ४५ पुरुष पार्टी सदस्य बराबर एक जना, २२ महिला पार्टी सदस्य बराबर एक जना र ११ दलित प्रतिनिधि बराबर एक जनाका दरले जिल्ला अधिवेशन प्रतिनिधि चयन भएका हुन् । इलाममा रहेका एकालेका १५ हजार १३५ जना संगठित सदस्यबाट जिल्ला अधिवेशनका प्रतिनिधि छानिएका हुन् ।सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा हुने जिल्ला अधिवेशनमा एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन् । कार्यक्रमको उद्घाटन सत्रमा केन्द्रीय सदस्यहरू सहित प्रदेश कमिटीका पदाधिकारी र सदस्य अतिथिको रूपमा उपस्थित हुने एमालेले जनाएको छ ।

जिल्ला अधिवेशनका प्रतिनिधि, पर्यवेक्षक र स्वयम सेवकको बास र खानाको लागि ५९ वटा होटेलमा व्यवस्थापन गरिएको छ । एमाले इलामले यो पटक राती अधिवेशनका कार्यक्रम नगर्ने भएको छ । ‘यो पटक रातभर कार्यक्रम हुँदैन’, एमाले प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले भन्नुभयो, ‘प्रतिनिधिलाई राती बस्नलाई होटेलको व्यवस्था गरिएको छ ।’ यसअघि रातभर अधिवेशनको कार्यक्रम सञ्चालन हुने गरेको थियो ।जिल्ला अधिवेशनमा प्रतिनिधिको स्वास्थ्यको ख्याल गर्दै हेल्थ किड वितरण गर्ने भएको छ । हेल्थ किडमा सामान्य रुघाखोकीमा प्रयोग हुने औषधि देखि कोरोना महामारी विरुद्ध अपनाइने स्वास्थ्य मापदण्डका सामान हुनेछन् । हेल्थ किडमा सामान्य रुघाखोकीका औषधि, मास्क, स्यानिटाइजर, भिक्स लगायतका सामाग्री हुने अधिकारीले जानकारी दिनुभयो ।

एमालेले महामारी र मेची राजमार्ग भत्किएकाले बजार क्षेत्रमा हुने चापको कारण खुला सभा भने नगर्ने भएको छ । बजार क्षेत्रमा कार्यक्रम गर्दा लामो समय यातायात जाम हुने भएकाले खुला सभाको नगरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।सदरमुकाममा खुला सभा नहुने भए पनि १० वटै पालिकामा २२ गते र्‍याली र दीपावली कार्यक्रम आयोजना गरिएको छ । अधिवेशन सफलताको कामना गर्दै दिउसो र्‍याली र साँझमा दीपावली गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । जिल्ला अधिवेशन हुने इलाममा भने २२ गते मोटरसाइकल र्‍याली र साँझमा दीपावली गरिने भएको हो ।

जिल्ला अधिवेशनले पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । जिल्ला कमिटीको सदस्यको उम्मेदवार हुन पार्टीको सदस्यता पाएको सात वर्ष पुरा हुनुपर्ने छ । दलित र महिलाको हकमा भने पार्टी सदस्यता पाएको पाँच वर्ष पुरा गरेकाले समेत उम्मेदवारी दिन पाउनेछन् ।जिल्ला कमिटीको पदाधिकारी हुन भने दुई कार्यकाल जिल्ला कमिटीमा रहेको या एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ ।जिल्ला कमिटीको अध्यक्षको लागि दश हजार रुपैयाँ मनोनयन शुल्क लाग्नेछ छ, त्यस्तै पदाधिकारीको लागि पाँच हजार रुपैयाँ र सदस्यहरूले तीन हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖