शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

पाल्पा, २९ पुस । तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ । यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पाश्रिमिक मासिक रु १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो । यसअघि बालविकास सहजकर्ताको पारिश्रमिक रु छ हजार ५०० रहेको थियो । न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो । बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो ।

नगरपालिकाले रु ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो । नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र बालविकास सहजकर्ता ४६ जना रहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक रु एक करोड १८ लाख बराबर खर्च भएको थियो ।

घरको नक्सा अनलाइनबाटै दर्ता
नवलपुर, २९ पुस । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो । अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमार पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य भएको बताउनुभयो । सो नगरपालिकामा बर्सेनि ३०० भन्दा बढीको सङ्ख्यामा भवन निर्माण भइरहेको अवस्थामा भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरिवेक्षण जाँच गर्ने कार्यलाई अझ व्यवस्थित, वैज्ञानिक र चुस्त बनाउन घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रियाले प्रभावकारी भूमिका खेल्ने नगरप्रमुख पुनले बताउनुभयो ।

यसअघि यही पुस ५ गते नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) बीच भएको सहमति अनुरुप एनसेटले घर नक्सा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको पुनले बताउनुभयो । सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका इन्जिनियर कपिल भट्टराईले घरनक्सा कार्यान्वयनको आवश्यकता र औचित्यबारे प्रष्ट्याउनुभएको थियो । उहाँले घरमै बसेर अथवा इन्टरनेटको सुविधा भएको जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत घरको नक्सा दर्ता तथा स्वीकृतको अनुमतिको काम हुने भन्दै प्रक्रियाबारे बताउनुभएको थियो ।

घर नक्सा पास अनलाइनबाटै हुने भएपछि घर नक्सा पास गर्न आउने सेवाग्राहीले फाइल बोक्दै हिड्नु पर्ने झन्झटको अन्त्य भएको भन्दै इन्जिनियर भट्टराईले अब सेवाग्राहीले घरमै बसेर आफ्नो काम भए नभएको समेत थाहा पाउनेसमेत जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, कावासोती–१ का वडाध्यक्ष नारायण पन्तलगायतले अनलाइन सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।